»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योगमा भएको बम विष्फोटबाट बालकको समेत मृत्यु भएकोमा महासंघद्वारा घोर निन्दा एवं भर्त्सना (२०६५/२/१३)


संविधानसभाको निर्वाचन सम्पन्न भई संविधानसभाको वैठक तर्फमुलुक अग्रसर भइरहेको र अब स्थायी शान्तिका साथै विकासका समग्र क्षेत्रले सही दिशा लिने आशा र विश्वास लिदै आएको अवस्थामा देशमा श्रृंखलावद्ध रुपमा हत्या, हिंसा, आक्रमण, लुटपाट, अपहरण जस्ता घटना भइ आएकोमा नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त गम्भिर एवं चिन्तित भएको छ ।

यसै क्रममा सप्तरी उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष लालु प्रसाद अग्रवालको सप्तरीको कल्याणपुर स्थित गिरधारी खाद्य उद्योगमा यही जेठ ११ गते शनिवार अज्ञात समूहले फालेको बम लागी उहांको १४ वर्षीय छोरा हनि अग्रवालको मृत्यू भएकोमा यस महासंघ सो घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछ ।

साथै यस प्रकारका अपराधिक घट्ना हुन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनले जिम्मेवारी पूर्वक सक्रियता अपनाउनुका साथै आगामी दिनमा यस्ता घट्ना दोहोरिन नदिन गम्भिरतापूर्वक लाग्न तथा उक्त घट्नाका दोषिलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.