»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघ र अनमिन बीच शान्ति प्रक्रियाका विषयमा छलफल (२०६५/२/१४)


शान्ति प्रक्रियामा सघाउन नेपालमा कार्यरत संयुक्त राष्ट्र संघीय मिसन (United Nations Mission in Nepal - UNMIN) ले नेपालको आगामी आर्थिक नीति सम्बन्धी महासंघले छिट्टै तयार गर्ने आर्थिक भिजन (Economic Vision) मा शान्ति सुरक्षाका विषयमा आवश्यकताका आधारमा अनमीनका तर्फबाट सल्लाह दिन सक्ने विश्वास दिलाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद ताम्राकार र अनमिनका शान्ति सहयोगका लागि वरिष्ठ सल्लाहकार डेभिड उड (David Wood, Special Advisor for Peace Support, UNMIN) र नागरिक मामिला सम्बन्धी अधिकृत स्टाइन हेसेलवर्ग (Stine Heiselberg, Civil Affairs Officer, UNMIN) बीच हिजो महासंघ सचिवालयमा भएको भेटघाटमा सो विश्वास दिलाएको हो ।

महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कार र कामु महानिर्देशक समेतको उपस्थिति रहेको सो अवसरमा वरिष्ठ सल्लाहकार उडको स्वागत गर्नुहुंदै कार्यवाहक अध्यक्ष ताम्राकारले विगतको तुलनामा शान्ति सुरक्षाको अवस्थामा केही सुधारको महशुस भएपनि अझै अपेक्षाकृत सुधार हुन नसकेको, तर्राईमा जारी विगतको द्वन्दबाट अझैपनि औद्योगिक व्यवसायिक वातावरण अनुकुल हुन नसकेको स्पष्ट पार्दै महासंघले तयार गर्न लागेका आर्थिक भिजनमा शान्ति सुरक्षाको अवस्था पनि चित्रण गरिने स्पष्ट पार्नुभयो ।

उहांले नेपालमा शान्ति प्रक्रियामा सघाउन आएको अनमिनको कार्यप्रति खुशी प्रकट गर्दै शान्ति सुरक्षाका विषयमा निजी क्षेत्रको तर्फबाट आवश्यक सहयोग गर्न महासंघ तयार रहेको पनि विश्वास दिलाउनु भयो ।

उक्त भेटघाटमा शान्ति सुरक्षाको विद्यमान अवस्था, उद्योग व्यवसायमा यसको प्रभाव तथा शान्ति सुरक्षाको अवस्थालाई अझ सुदृढ गर्न चाल्नुपर्ने उपायका विषयमा निजी क्षेत्रको धारणाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

भेटघाटमा वरिष्ठ सल्लाहकार उडले अनमिनले नेपालमा पछिल्लोे शान्ति सुरक्षाको अवस्थाका विषयलाई गम्भीर रुपमा अध्ययन गरिरहेको, शान्ति सुरक्षा स्थितिमा अझै सुधारमा जोडदिंदै महासंघले तयार गर्ने आर्थिक भिजनमा समावेश गरिने शान्ति सुरक्षाको विषयमा अनमिनका तर्फाट आवश्यक सल्लाह दिने विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.