»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाली टोली एक गाउं एक उत्पादन कार्यक्रमका लागि थाइलैण्ड तर्फ (२०६५/२/१४)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा सरकारी-निजी साझेदारी (PPP) अवधारणा अर्न्तर्गत थाइलैण्डमा सफलतापूर्वक सञ्चालित "एक गाउं एक उत्पादन" कार्यक्रम सम्बन्धमा बैंककमा हुने नीतिगत बैठकमा १९ सदस्यीय नेपाली टोलीले भाग लिंदैछ ।

कृषि तथा सहकारी मन्त्रालयका सहसचिब सुरेश वर्मा उपनेता रहनु भएको उक्त टोलीमा उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ र स्थानीय विकास मन्त्रालयका प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्यहरु एवं नवलपारासी र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको छ ।

आजदेखि पांच दिनसम्म (२७-३१ मे) सञ्चालन हुने उक्त कार्यक्रमबाट उक्त टोलीले थाईलैण्डको "एक गाउं एक उत्पादन" मा सरकारी तथा निजी क्षेत्रको भूमिका एवं कार्यनीति सम्बन्धमा जानकारी लिनुका साथै एक गाउं एक उत्पादन सम्बन्धमा प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गर्ने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.