अन्तर्राष्ट्रिय श्रम संगठन (International Labor Organisation-ILO) को जेनेभामा प्रारम्भ भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ९७ औ अधिवेशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रदीपजंग पाण्डेले भाग लिंदै हुनुहुन्छ ।
श्रम तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा उपाध्यक्ष पाण्डे सहित श्रम मन्त्रालयका सचिव श्याम प्रसाद मैनाली, श्रम विभागका महानिर्देशक केशरबहादुर बानिया र नेपाल ट्रेड युनियन महासंघका महासचिव विनोद श्रेष्ठ हुनुहुन्छ ।
मे २७ देखि जुन १३ सम्म चालु रहने उक्त अधिबेशनमा नेपालको रोजगारदाता संगठनको तर्फाट उपाध्यक्ष पाण्डेले संवोधन गर्नुहुने कार्यक्रम छ । नियमित विषयका अतिरिक्त गरिवी निवारणका लागि ग्रामिण रोजगारी, उत्पादकत्व तथा आर्थिक वृद्धिका लागि शीप विकास जस्ता विषय उक्त अधिवेशनको छलफलको कार्यसूचीमा रहेका छन् ।