»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















तेस्रो चीन-दक्षिण एशिया व्यवसायिक फोरमको बैठकमा भाग लिन महासंघका वरिष्ठ उपाध्यक्ष चीन प्रस्थान (२०६५/२/२१)


जनवादी गणतन्त्र चीनको युनान प्रान्तको खुनमिङ शहर (Kunming City of Yunnan Province of China) मा यही जेष्ठ २३ गते हुने तेस्रो चीन-दक्षिण एशिया व्यवसायिक फोरम (3rd China-South Asia Business Forum) को बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघको नेपाल तर्फबाट उपाध्यक्ष सुरज वैद्य आज त्यस तर्फप्रस्थान गर्नु भयो ।

अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीनियां परिषद (China Council for the Promotion of International Trade - CCPIT) र सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce & Industry - SAARC CCI) द्वारा संयुक्त रुपमा आयोजना हुने उक्त बैठकको मुख्य उद्देश्य दक्षिण एशिया र चीन बीचको आपसी सहयोग विस्तार एवं व्यापार तथा लगानीका क्षेत्रहरु पहिचान गर्ने रहेको छ ।

उक्त बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यले चीन-दक्षिण एशिया बीच अन्तराष्ट्रिय यातायातका पूर्वाधार तथा अन्य सहयोगका क्षेत्रहरु सम्बन्धमा मन्तव्य राख्नुहुने कार्यक्रम छ ।

सोही अवसरमा जेष्ठ २४ देखि २८ गतेसम्म आयात निर्यात सम्बन्धी खुनमिङ मेला (Kunming Import & Export Commodities Fair 2008) समेत हुने कार्यक्रम छ । उक्त बैठकमा सार्क उद्योग वाणिज्य संघका पदाधिकारी तथा सार्कका सदस्य देशका उद्योग वाणिज्य संघ /महासंघका पदाधिकारीहरुको सहभागिता रहने छ ।

स्मरणीय छ, उक्त फोरमको पहिलो र दोस्रो बैठकको परिणाम स्वरुप सीसीपीआइटी र र्सार्क उवासंघद्वारा सार्क र चीन बीच आपसी सहयोग बढाउने सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । सोही क्रममा चिनियां पक्षबाट चीन-दक्षिण एशिया व्यवसायिक परिषद (China South Asia Business Council) को स्थापना समेत गरिएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.