»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष जोशीद्वारा सुरक्षाको प्रत्याभुति दिन सरकारसंग माग (२०६५/२/२२)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भई राजनीतिक रुपमा ठूलो फड्को मारी सक्दा पनि उद्यमी व्यवसायीहरुले भने सुरक्षाको प्रत्याभुति पाउन नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

रोल्पा उद्योग वाणिज्य संघको पांचौ साधारण सभा तथा चौथो अधिवेशनको हिजो रोल्पाको लिवाङमा उद्घाटन गर्नुहुंदै अध्यक्ष जोशीले उद्यमी व्यवसायी माथिको आक्रमण अहिले पनि जारी रहेकोमा चिन्ता प्रकट गर्दै सुरक्षाको प्रत्याभुती दिलाउन सरकारसंग आग्रह गर्नुभयो ।

अध्यक्ष जोशीले मुलुक राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्तिमा प्रवेश गरेपनि हालको राजनीतिक खिचातानीले उद्योगी व्यवसायी लगायत आम जनतालाई निरास तुल्याउंदै गएको पनि बताउनु भयो ।

आर्थिक क्रान्तिलाई सफल बनाउन सबै प्रकारका स्वार्थलाई त्यागेर अघि बढ्न राजनीतिक दलहरुसंग आग्रह पनि गर्नुभयो । उहांले प्राप्त ऐतिहासिक उपलव्धीलाई संस्थागत गर्ने तर्फराज्यले तय गरेका कार्यसूचीलाई अघि बढाउन आग्रह गर्दै आर्थिक विकासलाई त्रि्रता नदिएसम्म प्राप्त उपलव्धीले मर्ूतरुप पाउन नसक्ने तर्फपनि राजनीतिक दलहरुको ध्यानाकर्षा गराउनु भयो ।

निजी क्षेत्रले अघि सारेको आर्थिक क्रान्तिको अभियानलाई सफल बनाउन महासंघ सक्षम हुने पनि उहांको भनाई थियो । अध्यक्ष जोशीले स्थानीय निकायबाट उठाइने स्थानीय कर (कवाडी कर ) जस्तो अव्यवहारिक करले उद्योगी व्यवसायीहरुले ठूलो समस्या भोग्नु परेको र त्यसबाट वर्तमान मुल्य बृद्धिमा समेत सहयोग पुग्न गई आम उपभोक्ताको जीवन यापनमा समेत गम्भीर असर पर्न गएकाले त्यस्ता अव्यवहारिक कर तत्कालै हटाउनु पर्नेमा जोड दिनु भयो ।

साथै उहांले साझा छलफलका माध्यमबाट सरकारलाई एकिकृत आर्थिक प्याकेज सम्बन्धी अवधारणा पत्र वुझाउने तयारी महासंघले गरिरहेको पनि जानकारी गराउनु भयो ।

सो अवसरमा महासंघको क्षेत्रीय -क्रमशः राप्ती र लुम्विनी) अंचल प्रतिनिधिहरु अम्मरराज आचार्य र कृष्णप्रसाद शर्माले व्यवसायीको सुरक्षाका लागि विशेष सुरक्षा योजना ल्याउन आग्रह गर्दै उद्योग वाणिज्य संघहरुले स्थानीय आर्थिक विकासका सम्भावना सहितका योजना ल्याउनुपर्नेमा जोड दिनु भयो ।

सभापतिको आशनबाट संघका कार्यवाहक अध्यक्ष किशोर आचार्यले रोल्पा जस्तो विकट जिल्लामा रहेको संघको कार्यक्रममा महासंघका अध्यक्षको हैसियतले वर्तमान अध्यक्ष जोशी पहिलोपटक पुग्नु भएकोमा प्रशन्नता व्यक्त गर्नभयो । सो समारोहमा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु लगायतका वक्ताहरुले पनि साधारण सभाको सफलताको कामना गर्नुभएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.