नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधमण्डल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत नान्सि जे. पावेल (Nancy J. Powell) बीच आज अमेरिकी राजदूतावासमा भएको भेटघाट वैठकमा महासंघका अध्यक्ष जोशीले नेपालमा कृषि व्यवसाय, जलविद्युत, पर्यटन एवं सूचना प्रविधि विकासको प्रशस्त संभावना भएकोले यस क्षेत्रमा अमेरिकी लगानी एवं सहयोगको पहलका लागि समेत अमेरिकी राजदूतसंग आग्रह गर्नु भयो ।
सो अवसरमा उहांले महासंघका प्रमुख गतिविधि र देशमा शान्ति स्थापनामा महासंघले खेलेको भूमिका बारे प्रकाश पार्नु हुंदै नेपालमा शान्ति स्थापना तथा व्यापार लगायत आर्थिक सामाजिक विकासमा अमेरिकाले पुर्žयाएको सहयोगको सराहना गर्नु भयो ।
त्यसैगरी उक्त प्रतिनिधिमण्डलले भारत पछिको नेपालको दोस्रो ठूलो निर्यात बजार रहेको संयुक्त राज्य अमेरिका तर्फतयारी पोशाकको निर्यातमा कोटा सुविधा खारेजीका कारण नेपालको निर्यातमा ठूलो ह्रास आएकोमा चिन्ता व्यक्त गर्दै अमेरिकाले सब-सहारान मुलुकलाई दिए जस्तै अल्प विकासित मुलुक नेपाललाई पनि विना महशूल तथा कोटाको समेत व्यवस्था गरी नेपाली तयारी पोशाक सहज रुपमा अमेरिकी बजार प्रवेशका लागि पहल गर्न महासंघको प्रतिनिधिमण्डलले राजदूत पावेलसंग आग्रह गर्žयो ।
महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले महासंघ र अमेरिकी सहयोग नियोग (USAID) को सहयोगमा विगत २०४८ सालमा स्थापित कृषि उद्यम केन्द्र (AEC) को सफलता सम्बन्धमा प्रकाश पार्नु हुंदै यस प्रकारको सहयोग विस्तारको लागि जोड दिनु भएको थियो ।
राजदूत पावेलले उक्त अवसरमा अमेरिकाले विशेष गरी शिक्षा, स्वास्थ्य, कानूनी शासन जस्ता सामाजिक विकासका क्षेत्रमा सहयोग गर्ने नीति अवलम्बन गर्नुका साथै कृषि व्यवसायको विकासका लागि नयां कार्यक्रम शुरु गर्न लागेको बताउनु हुंदै नेपालको आर्थिक विकासका क्रममा यूएसएआइडीले निकट भविष्यमानै एक टोली नेपाल पठाई कृषि, साना तथा घरेलु उद्योग, लघु कर्जा (Micro Credit) र लगानीका क्षेत्रमा के कस्तो सहयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा विचार विमर्श गर्ने उल्लेख गर्नु भयो ।
साथै उहांले अमेरिकाले दशाब्दि सहयोग कोष (Millennium Cooperation Fund) को घोषणा गर्दै रहेको र सो सम्बन्धमा निर्धारण गरिएका मापदण्ड पूरा गर्ने मुलुकले यस कोषबाट समेत सहयोग पाउन सक्ने जानकारी गराउनु भयो ।
उक्त प्रतिनिधिमण्डलमा महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपानेको समेत सहभागिता थियो ।