»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गुप्ता समक्ष महासंघद्वारा विभिन्न सुझाव प्रस्तुत (२०६५/२/२६)


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री श्याम सुन्दर गुप्तासंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेटी दैनिक उपभोग्य एवं यातायात, ढुवानी तथा विकास निर्माणको क्षेत्रमा समेत अत्यावश्यक बस्तु पेट्रोलियम पदार्थ आवश्यक मूल्य तिरेर पनि सहज र पर्याप्त आपूर्ति नभएबाट कृषि, उद्योग, व्यापार, यातायात तथा ढुवानी लगायत आम उपभोक्ताले ठूलो समस्या भोग्नु परेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै देशभर पेट्रोलियम पदार्थको सहज आपूर्तिका लाग तत्काल कार्यान्वयन गर्न विभिन्न सुझाव पेश गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष जोशीले पेट्रोलियम पदार्थ आपूर्ति समस्या समाधान नभएमा देशमा राजनीतिक एवं आर्थिक क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुन जाने भएकोले यो समस्या तत्काल समाधान गर्नु पर्ने उल्लेख गर्नु हुंदै पेट्रोलियम पदार्थ व्यवसायिक वा राजनीतिक बस्तु के हो सो स्पष्ट पारि संवेदनशील रुपमा सरकारले काम गर्नु पर्ने र व्यवसायिक बस्तु हो भने घाटा पूर्ति हुने गरी सरल र सहज आपूर्ति हुनु पर्नेमा जोड दिनु भयो ।

अन्तर्राष्ट्रिय बजार लगायत छिमेकी मुलुक भारतमा समेत पेट्रोलियम पदार्थको मूल्य बृद्धि भई रहेको अवस्थामा नेपाल सरकारले हालकै मूल्यमा पनि झण्डै मासिक ३ अर्व रुपैयां घाटा व्यहोर्नुको साटो मूल्य समायोजनबाट व्यापार सन्तुलन गरी उक्त रकम अन्य क्षेत्रमा लगानी गर्नु लाभदायक हुने धारणा पनि अध्यक्ष जोशीले व्यक्त गर्नु भयो ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष शिव प्रसाद घिमिरे लगायतका पदाधिकारीहरु समेत सम्मिलित उक्त प्रतिनिधिमण्डलद्वारा मन्त्री गुप्ता समक्ष प्रस्तुत सुझाव यस प्रकार छन्-

क) नेपाल अधिराज्य भर अभाव भईरहेको पेट्रोलियम पदार्थको समस्या समाधानका लागि आवश्यक परेमा मूल्य समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थ सहज र सुलभ तरिकाले उपलब्ध गराउनु पर्ने,

ख) भारतबाट आयात गरिने पेट्रोलियम पदार्थको लागि तर्राई क्षेत्रमा पाईप लाईनको व्यवस्था गर्नु पर्ने,

ग) पेट्रोलियम पदार्थ आयात गर्दा भंसार, स्थानीय कर, सडक सम्भार कर आदि छुट दिनु पर्ने,

घ) पेट्रोलियम पदार्थको आयात एवं विक्री वितरणको जिम्मेवारी क्रमशः निजी क्षेत्रलाई पनि दिनु पर्ने र यसको लागि नेपाल सरकारवाट आवश्यक नीति, नियम तयार गरी कार्यान्वयन गर्नु पर्ने,

ङ) भारतबाट पैठारी गरी ल्याउने पेट्रोलियम पदार्थमा ढुवानी व्यवस्थालाई पेट्रोलियम डेलिभरी अर्डर (Petroleum Delivery Order) अर्न्तर्गत गर्न बढी प्रोत्साहन दिनु पर्ने,

च) पेट्रोलियम पदार्थ अत्यधिक मात्रामा प्रयोग हुने सवारी साधनहरुको आयातमा रोक लगाउनु पर्ने र

छ) नेपाल आयल निगममा कर्मचारी आवश्यकता भन्दा बढी भएकोले त्यसलाई सीमितिकरण गर्नु पर्ने ।

उक्त अवसरमा सो एशोसिएशनका अध्यक्ष घिमिरेले सरकारले हाल ४० प्रतिशत पेट्रोलियम पदार्थको आपूर्ति भई रहेको दावी गरे तापनि मागमा पनि ४० प्रतिशतले बृद्धि भएका कारण वास्तवमा कूल मागको २० प्रतिशत मत्र बिक्री वितरण भई रहेको तथा मध्यपश्चिम क्षेत्रका व्यवसायीहरुले सुरक्षा र पेट्रोलियम पदार्थको सहज आपूर्ति नभएका कारण आजैदेखि पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरेको तर्फ ध्यानाकर्षण गराउंदै यहि जेष्ठ मसान्त भित्र पेट्रोलियम पदार्थको सहज आपूर्ति नभएमा एशोसिएशनले आगामी असार १ गतेदेखि ९ गतेसम्म चरणबद्ध विरोध कार्यक्रम आयोजना गर्ने घोषणा गरेको अवगत गराउनु भयो ।

उक्त प्रतिनिधिमण्डलमा महासंघको आपूर्ति समितिका सहसभापति ओम प्रकाश बंशल र का.मु. महानिर्देशक मेघनाथ न्यौपाने समेत सम्मिलित हुनु हुन्थ्यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.