»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल-अष्ट्रिया व्यापार तथा आर्थिक सम्बन्ध विस्तारमा जोड


नेपाल र अष्ट्रिया बीच सन् १९५९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको र दुई देश बीच व्यापार, लगानी तथा आर्थिक सम्बन्ध विस्तारको प्रशस्त संभावना भएकोले यसको विस्तारका लागि सूचना तथा जानकारी एवं प्रतिनिधिमण्डलको आदान प्रदान, व्यापार मेला एवं प्रदर्शनीको आयोजना एवं सिधा हवाइ सम्पर्क कायम गर्नु पर्ने कुरामा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नयां दिल्लीस्थित अष्ट्रियन कमर्सियल काउन्सेलर कार्यालय (Office of the Austrian Commercial Counsellor) का वाणिज्य सहचारी तथा व्यापार आयुक्त (Commercial Counsellor and Trade Commissioner) बीच महासंघको सचिवालयमा आज आयोजित वैठकमा उक्त कुरामा जोड दिइएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले दुई देश बीचको व्यापार, लगानी, पर्यटन तथा अन्य आर्थिक सम्बन्ध बारे प्रकाश पार्नु हुंदै विशेष गरी सरकारी स्तरमा मात्र सीमित रहेको आर्थिक सम्बन्धलाई नयां नेपाल निर्माणको क्रममा निजी क्षेत्रमा विस्तार गर्न दुवै मुलुकका कुटनीतिक एवं निजी क्षेत्रको प्रयास महत्वपूर्ण हुने बताउनु भयो ।

साथै उहांले नेपालको कृषि तथा वनजन्य उद्योग व्यवसाय, जलविद्युत, पर्यटन, जनशक्ति विकास, सूचना प्रविधि, उत्पादनमूलक तथा सेवा उद्योगका क्षेत्रमा लगानीको प्रशस्त संभावना भएको तथा राजनीतिक विषय निस्कर्षमा पुगि नयाँ नेपाल निर्माणको क्रममा आर्थिक विकासका एजेण्डालाई अघि बढाउन निजी क्षेत्रबाट पहल भइ रहेको र यसमा राजनीतिक दलहरु समेत प्रतिवद्ध भएकाले अष्ट्रियन लगानीका लागि पहल गर्न अष्ट्रियन व्यापार आयुक्तलाई आग्रह गर्नु भयो ।

त्यसैगरी उहांले विगत एक दशक लामो द्वन्दमा समेत विदेशी पर्यटक माथि कुनै खतरा नभएको तथा पर्यटकका लागि नेपाल अत्यन्त महत्वपूर्ण स्थल भएकाले नेपाललाई नै गन्तव्य मानेर तथा नेपालका छिमेकी मुलुक आएका अष्ट्रियन एवं यूरोपियन पर्यटकहरुलाई नेपाल तर्फ प्रोत्साहित गर्न समेत आग्रह गर्नु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्य एवं वस्तुगत संघका अध्यक्ष/पदाधिकारीहरुको सहभागिता रहेको उक्त वैठकमा उहांहरुले रेशम तथा पश्मिनाका वस्तु, उनी गलैंचा, चिया, कफि, गलैंचा, हस्तकला, सुन चांदीका गर गहना जस्ता वस्तुहरु निर्यातका साथै मेशनरी औजार, कपडा, औषधि, पेय पदार्थ जस्ता वस्तुको आयात विस्तार गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।

उक्त अवसरमा अष्ट्रियन व्यापार आयुक्त हर्टनागलले अष्ट्रियाले साना तथा मझौला उद्योगको विकासमा जोड दिंदै स-साना उत्पादनहरुको बजार विस्तार गर्दै आएको जानकारी गराउनु हुंदै नेपालका संभाव्य क्षेत्रमा लगानी एवं पर्यटन तथा व्यापार विस्तारका लागि आफू प्रयत्नशील रहने बताउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.