युरोपियन युनियनको एशिया लगानी कार्यक्रम अन्तरगत नेपाल उद्योग वाणिज्य महासंघ र सिलोन चेम्बर अफ कमर्स (Ceylon Chamber of Commerce) श्रीलंकाको साझेदारीमा सूचना प्रविधि आवद्ध सेवाहरु एवं प्रशोधित खाद्य वस्तुसंग सम्बन्धित व्यवसायलाई नेपाल लगायत दक्षिण एशियाका तीन देश र दक्षिण यूरोपका चार वटा देशहरु बीच networking गर्ने मुख्य उद्देश्यले South Europe Meets South Asia - SEMSA एक परियोजना संचालनमा ल्याएको छ ।
यस सम्बन्धमा महासंघ र सिलोन चेम्वर अफ कमर्स बीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर समेत भैसकेको छ । दक्षिण यूरोपिय राष्ट्रहरु स्पेन, इटाली, ग्रीस र स्लोभानियामा सूचना प्रविधि तथा खाद्य प्रशोधन व्यवसायमा हासिल भएको उल्लेखनिय उपलव्धीलाई दक्षिण एशियाका राष्ट्रहरु नेपाल, वंगलादेश र श्रीलङ्काका सम्बन्धित व्यवसायीहरुसंग networking स्थापित गरी product development, बजार विस्तार र लगानी प्रबर्द्धनमा यस कार्यक्रमले महत्वपूर्ण सघाउ पुर्ΕΎयाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमका साझेदारहरुमा नेपाल उद्योग वाणिज्य महासंघ, सिलोन चेम्बर अफ कमर्स लगायत वंगलादेशको मेट्रो पोलिटन चेम्वर अफ कमर्स (Metropolitan CCI of Bangladesh), फाउण्डेशियन एडयूरोपा स्पेन (Fundacion ADEuropa, Spain) र चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि ड्रामा, ग्रिस (Chamber of Commerce & Industry of Drama, Greece), मोण्डिमप्रेसा यूरो इन्फो सेन्टर, इटाली (Mondimpressa Euro info Center, Italy) र चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि स्लोभेनिया (Chamber of Commerce & Industry of Slovenia) रहेका छन् ।
आगामी सन् २००९ को फेब्रुअरीमा श्रीलङ्काको कोलोम्वोमा साझेदार मुलुकहरुबाट छनोट भएका व्यवसायीहरु वीच आपसी सहयोगका क्षेत्रहरु पहिल्याउन छलफल भेला हुने कार्यक्रम रहेको छ ।
संयुक्त लगानी प्रबर्द्धन, प्रविधि हस्तान्तरण एवं निर्यात प्रबर्द्धनलाई समेत टेवा पुग्न सक्ने यस कार्यक्रमलाई सफल बनाउन महासंघले सम्बन्धित लक्षित वर्गका उद्यमी व्यवसायीहरु र संघ/संस्थाहरुसंग समन्वय गरी उपयुक्त ३० वटा उद्योग/कम्पनीहरु छनोट गर्न विवरण संकलन कार्य भई रहेको छ ।