»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष जोशीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल र्टर्की तर्फ (२०६५/३/१)


टर्कीको इस्तानवुल (Turkey, Istanbul) मा हुने टर्की/एशिया प्रशान्त वैदेशिक व्यापार सम्बन्ध (Turkey / Asia - Pacific Foreign Trade Bridge - 2) विषयक क्षेत्रीय वैठकमा भाग लिन नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा पांच सदस्यीय नेपाली प्रतिनिधिमण्डल हिजो त्यस तर्फप्रस्थान गर्ΕΎयो ।

उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा नेपाल समुद्रपार निकासी पैठारी संघका निवर्तमान अध्यक्ष अखिल कुमार चापागाईं एवं टर्कीसंग व्यवसायिक सम्बन्ध भएका व्यवसायीहरु रमेश कुमार खेतान, रुपक प्रधान र रुपेश प्रधान हुनु हुन्छ ।

टर्कीका प्रधानमन्त्रीले उद्घाटन गर्नु हुने तथा एशिया प्रशान्त क्षेत्रका नेपाल लगायत विभिन्न २२ मुलुकको सहभागिता रहने मन्त्री स्तरीय उक्त वैठकमा सहभागी मुलुकहरु बीच व्यापार तथा लगानीका नयां अवसर तथा अन्य आर्थिक सम्बन्ध विस्तार बारे वृहत छलफल हुने कार्यक्रम छ ।

उक्त वैठकमा महासंघका अध्यक्ष जोशीले नेपालमा नयां नेपाल निर्माणका क्रममा लगानी तथा व्यवसायिक अवसर सम्बन्धमा कार्य पत्र समेत प्रस्तुत गर्नु हुने छ ।

सोही अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी (International Trade Exhibition) को पनि उक्त प्रतिनिधिमण्डलले अवलोकन गर्ने छ ।

महासंघबाट गएको उक्त प्रतिनिधिमण्डलको टर्की भ्रमणकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र टर्कीको समकक्षि संस्था टर्की उद्योग वाणिज्य महासंघ (Confederation of Businessmen and Industrialists of Turkey) बीच दुई देश बीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन एवं अन्य आर्थिक सम्बन्ध विस्तार गर्ने सम्बन्धी स्मृति पत्रमा हस्ताक्षर हुनुका साथै टर्कीको सरकारी तथा निजी क्षेत्रका औद्योगिक व्यवसायिक संघ/संस्थासंग समेत सो सम्बन्धमा विस्तृत छलफल हुने छ ।

साथै उक्त प्रतिनिधिमण्डलले उक्त अवसरमा द्विपक्षीय एवं वहुपक्षीय व्यवसायिक वैठकहरुमा भाग लिई नेपालसंग आर्थिक सम्बन्ध विस्तारमा पहल गर्नुका अतिरिक्त त्यहांका प्रमुख औद्योगिक क्षेत्र एवं उद्योगहरुको स्थलगत अध्ययन अवलोकन समेत गर्ने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.