»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आर्थिक क्रियाकलाप एवं रोजगारी विस्तारका लागि महासंघले उद्योग वाणिज्य परिषदलाई प्रभावकारी बनाउने (२०६५/३/२)


देशका विभिन्न जिल्लामा उद्योग व्यवसाय प्रवर्द्धन र यस क्षेत्रका समस्या समाधानका साथै जलश्रोत, पर्यटन, कृषि लगायत अन्य सम्भाव्य उद्योग व्यवसायको प्रवर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघमा गठित उद्योग वाणिज्य परिषदलाई प्रभावकारी रुपमा अघि बढाउन महासंघले विशेष व्यवस्था गर्ने भएको छ ।

साथै उक्त परिषदले उद्योग व्यवसाय क्षेत्रको हक हित प्रवर्द्धन मात्र नभई जिल्लाका संघहरुको संस्थागत विकास र सचिवालय सुदृढिकरण, संघहरुको आय आर्जन, संस्थागत सामाजिक दायित्व, इलम प्रशिक्षण केन्द्र (Trade School) तथा एक गाउं एक उत्पादन (One Village One Product) मार्फत रोजगारी प्रवर्द्धन एवं आर्थिक क्रियाकलाप विस्तारका लागि समेत संघहरुलाई सक्षम बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालनमा अझ बढी जोड दिने सोच अघि बढाएको छ ।

महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले तनहुं उद्योग वाणिज्य संघका अध्यक्ष शंकरलाल राजभण्डारीको नेतृत्वमा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा महासंघमा आएको सो संघका पदाधिकारी एवं सदस्यहरुको ३० सदस्यीय प्रतिनिधिमण्डललाई स्वागत गर्दै उक्त कुरा बताउनु भएको हो ।

साथै उहांले हस्तकला एवं तरकारी जस्ता वस्तुलाई पनि एक गाउं एक उत्पादन अर्न्तर्गत विकास गर्न लागिएको जानकारी दिनु हुंदै निजी-र्सार्वजनिक साझेदारीका आधारमा लघु उद्यम विकास कार्यक्रम (MEDEP) लाई अझ विस्तार गर्दै लगिने उल्लेख गर्नु हुंदै कार्यक्रमलाई फलदायि रुपमा संचालन गर्न संघहरुको क्षमता विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डि.वि. बस्नेतले हालसम्म २१ जिल्लामा संचालित लघु उद्यम विकास कार्यक्रम छिट्टै थप ५ जिल्लामा संचालन हुने र यसबाट रोजगारी प्रवर्द्धन एवं गरिबी निवारणमा सघाउ पुग्ने उल्लेख गर्नु हुंदै नयां नयां औद्योगिक व्यवसायिक संभाव्यताको खोजी तथा लगानी र प्रविधि आकषिर्त गर्नु पर्ने उल्लेख गर्नु भयो ।

महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापाले उद्योगी व्यवसायिले वर्गिय हक हित र उद्योग व्यवसाय प्रवर्द्धन मात्र नगरी सामाजिक सेवाको क्षेत्रमा पनि आफ्नो दायित्व प्रभावकारी बनाउंदै जानु पर्ने धारणा व्यक्त गर्नु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्य एवं क्षेत्रीय प्रतिनिधि (गण्डकी अञ्चल) वृष राज श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धर, तनहुं उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शान्तिरमण वाग्ले तथा भूतपूर्व अध्यक्ष अशोक श्रेष्ठ एवं महासंघका महानिर्देशक मेघनाथ न्यौपाने समेतको सहभागिता रहेको उक्त कार्यक्रममा संघका अध्यक्ष एवं प्रतिनिधिमण्डलका नेता राजभण्डारीले संघले जिल्लाको उद्योग व्यवसाय प्रवर्द्धनका साथै सामाजिक क्षेत्रको विकासमा पुर्ΕΎयाएको योगदान बारे प्रकाश पार्नु हुंदै तनहुंमा तरकारी एवं फलफूल व्यवसाय प्रवर्द्धनका साथै बांस र बांसबाट बनेका वस्तुलाई एक गाउं एक उत्पादनको रुपमा प्रवर्द्धन गर्न सकिने बताउनु भयो ।

महासंघको सहयोग र संघ साझेदारी कार्यक्रम अर्न्तर्गत पोखरा उद्योग वाणिज्य संघ तथा एच.डब्लू.के.माइन्ज जर्मनीको सहकार्यमा उक्त प्रतिनिधिमण्डलले सो भ्रमण सम्पन्न गर्न लागेको हो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.