सीआईआईसंगको बैठकमा भाग लिन नेउवामहासंघको प्रतिनिधिमण्डल नयाँ दिल्ली तर्फ (२०६५/३/९)
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग महासंघ (Confederation of Indian Industries-CII) बीच भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत संयुक्त बैठकमा भाग लिन महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको तीन सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ । महासंघका पूर्व महानिर्देशक एवं सानिमा विकास वैंक लि.का कार्यकारि अध्यक्ष वद्रीप्रसाद ओझा र महासंघका महानिर्देशक मेघनाथ न्यौपाने समेत उक्त प्रतिनिधिमण्डलमा रहनु भएको छ ।
भोली हुने उक्त बैठकमा नेपाल-भारत बीचको विद्यमान आर्थिक/व्यापारिक एवं लगानीको अवस्थाका विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ । साथै बैठकमा नेपाल-भारत आर्थिक सम्बन्धलाई बढी प्रतिफल मुखी बनाउने सम्बन्धमा कार्य गर्न एक संयुक्त कार्यदल (Joint Task Force) गठनका विषयमा पनि छलफल हुने छ ।
उक्त प्रतिनिधिमण्डलले भारतमा रहंदा नेपाली राजदुत तथा अन्य सम्बन्धित निकायका अधिकारीहरुसंग पनि नेपाल-भारत आर्थिक सम्बन्धका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
FNCCI –CII meeting in New Delhi
A three member Nepalese delegation headed by Suraj Vaidya, Senior Vice President of Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) left today for New Delhi to attend a meeting with the Confederation of Indian Industries (CII) counterpart in New Delhi tomorrow. Other members of the delegation are Badri Prasad Ojha, Former Director General of FNCCI and Chairman and CEO of Sanima Bikash Bank Ltd. and Megh Nath Neupane, Director General of FNCCI.
The main objective of the meeting is to brief about the present status of Indo-Nepal trade and investment situation. The meeting will also discuss on forming a Joint Task Force (JTF) to reenergize Nepal-India economic relationship.
Meeting with the Nepalese Ambassador to India and other several concerned authorities is also scheduled during the visit.