»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघ स्थायी समितिको बैठकद्वारा तत्काल नयां सरकार गठन गरी अमनचयन कायम गर्न माग (२०६५/३/१२)


संविधानसभा निर्वाचन सम्पन्न भएको दुई महिना भन्दा बढी समय भैसक्दा पनि नयां सरकार गठन हुन नसक्दा मुलुकले हासिल गरेको ऐतिहासिक उपलव्धी समेतलाई खतरामा पार्ने किसिमका अस्थिरता, अशान्ति, अराजकता र औद्योगिक असुरक्षा बढ्दै गएको तर्फगम्भीर चिन्ता प्रकट गर्दै वर्तमान मुलुकको संक्रमणकालिन परिस्थितिको गाम्भीर्यतालाई समेत बुझी जतिसक्दो छिटो नयां सरकार गठन गरेर मुलुकमा अमनचयन कायम गर्न माग गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको हिजो सम्पन्न स्थायी समितिको बैठकले उक्त माग गरेको हो । महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा सम्पन्न सो बैठकले यातायात व्यवसायीले हालैमात्र आव्हान गरेको यातायात बन्दको विरोध सहित सो क्रममा असार १० गते मंगलवार विहान पोखराबाट काठमाडौं तर्फ पर्यटक बोकेर आइरहेका पर्यटक बसहरु माथि पोखराको विजयपुर खोलामा आक्रमण गरी केही पर्यटकहरु समेतलाई घाईते बनाएको घटना प्रति खेद व्यक्त गर्दै उक्त घटनाको घोर निन्दा एवं भत्र्सना सहित यस प्रकारका घटनाबाट मुलुकको पर्यटन उद्योगमा गम्भीर धक्का पर्न गएकोले यस्ता घटना आगामी दिनमा दोहोरिन नदिने तर्फसचेत रहन आग्रह गरेको छ ।

महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकर्णिकार, प्रदीपजंग पाण्डे र समिति सभापतिहरु, फोरमका संयोजकहरु एवं कार्यकारिणी समितिका सदस्यहरुको समेत सहभागिता रहेको उक्त बैठकले ट्रक व्यवसायीहरुले एकतर्फी रुपमा लागू गरेको ट्रक सिण्डिकेट प्रणालीबाट उद्योगी व्यवसायीहरुले ठूलो समस्या व्यहोर्नुपरेकाले उक्त प्रथाको विरोध गर्दै तत्काल सिण्डिकेट प्रणाली खारेज गर्न माग समेत गरेको छ ।

सरकार/राजनीतिक दलहरु केवल राजनीतिमा मात्र अल्झिंदा उद्योग व्यवसाय लगायत आर्थिक क्रियाकलाप ह्रासोन्मुख हुंदै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय कर (कवाडि कर) समस्या सरकारको आगामी आ.व. को बजेट पूर्वनै समाधान हुनु पर्ने, बढ्दो मूल्य वृद्धिसंगै उत्पादकत्वसंग गांसी न्यूनतम वेतनमा पुनरावलोकन गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ । बैठकमा लोकतान्त्रिक मूल्य र मान्यता, नागरिक स्वतन्त्रता, व्यवसायिक स्वतन्त्रता जस्ता विशिष्ट अधिकार प्रति सवै पक्ष सहमत हुनुपर्नेमा हालदेखा परेका अराजक गतिविधि र हड्ताल जस्ता क्रियाकलापहरुप्रति चिन्ता प्रकट गरिएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.