»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग व्यवसाय क्षेत्रमा बढ्दो असुरक्षा प्रति महासंघका अध्यक्ष जोशीद्वारा गम्भिर चिन्ता व्यक्त (२०६५/३/१५)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्योग वाणिज्य संघ नवलपरासीको २७ औं वाषिर्क साधारण सभाको हालै नवलपरासीमा उद्घाटन गर्नु हुंदै विशेष गरी औद्योगिक व्यवसायिक क्षेत्रमा असुरक्षा बढ्दै गएको र सीमावर्ति क्षेत्रका उद्योगी व्यवसायिमाथि आक्रमण लगायत डर त्रासको वातावरण व्याप्त भएतापनि सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा गम्भिर चिन्ता व्यक्त गर्नु भयो ।

साथै उहांले अझै पनि आर्थिक मेरुदण्डका रुपमा रहेका उद्योगी व्यवसायीहरुलाई सुरक्षा दिन नसके लगानी पलायन हुने बताउनु हुंदै उद्योग व्यवसाय क्षेत्रबाट नियम विपरित विभिन्न शिर्षमा कर असुली गरिरहेको र उद्योग व्यवसायसंग सम्बन्धित नियम कानून बदल्नु अघि निजी क्षेत्रसंग बृहत छलफल गर्नु पर्ने उल्लेख गर्नु हुंदै वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरु बीच अझ बढी एकताको आवश्यकता भएको बताउनु भयो ।

प्रमुख अतिथि जोशीले अव देशमा आर्थिक क्रान्ति प्रारम्भ गर्न महासंघले "२० वर्षे आर्थिक दृष्टिकोण" सहितको आर्थिक एजेण्डा अघि सारेकोले यसलाई सफल बनाइ देशलाई समृद्ध र देशवासीलाई सम्पन्न बनाउने कार्यमा निजी क्षेत्रबाट भएको अग्रसरतामा सरकारबाट इमान्दारिपूर्वक सहयोग हुनु पर्नेमा जोड दिनु भयो ।

साथै उहांले उक्त आर्थिक दृष्टिकोण सहित आर्थिक क्रान्तिको नेतृत्व लिन निजी क्षेत्र तत्पर भएकोले सरकारले विशेषत शान्ति सुरक्षा लगायत नीतिगत एवं प्रक्रियागत सुधारका साथै सुशासन र पारदर्शितालाई व्यवहारमै उतार्नु पर्ने उल्लेख गर्नु भयो ।

समारोहमा विशिष्ट अतिथि महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले "एक गाउं एक उत्पादन" कार्यक्रम आर्थिक क्रियाकलाप विस्तार एवं रोजगारी अभिबृद्धिका लागि महत्वपूर्ण भएकाले नवलपरासीमा पनि सो कार्यक्रम शिघ्र संचालन गरिने बताउनु भयो । महासंघका कार्यकारिणी समिति सदस्य एवं लुम्बिनी विकास फोरमका संयोजक गुणनिधि तिवारी, कार्यकारिणी समिति सदस्य एवं क्षेत्रीय (लुम्बिनी अञ्चल) प्रतिनिधि कृष्ण प्रसाद शर्मा, कार्यकारिणी समिति सदस्य एवं स्थल यातायात तथा पारवहन समितिका सहसंयोजक नवराज श्रेष्ठ, प्र.जि.अ. गोविन्द खनाल, उवासंघ नवलपरासीका निवर्तमान अध्यक्ष अर्जुन कुमार पोखरेल, उवासंघ नारायणगढका अध्यक्ष मित्रलाल दवाडी, स्थानीय विकास अधिकारी टिकाराम घिमिरे तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

संघका अध्यक्ष श्री वीरेन्द्र कुमार अग्रहरीको सभापतित्वमा आयोजित सो सभाका अवसरमा भएको निर्वाचनबाट संघको अध्यक्ष पदमा वैजनाथ जैसवाल लगायत कार्यकारिणी समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाका अवसरमा निकट भविष्यमा आयोजना गरिने महोत्सवको सन्देशको लागि जिल्ला स्थित लघु उद्यमीहरुद्वारा उत्पादित सामग्री, उवासंघ नवलपरासी अन्तर्गत संचालिन इलम प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीहरुद्वारा हस्तकलाका सामग्रीहरु, कृषिजन्य वस्तुहरु, प्रकोप व्यवस्थापन सम्बन्धी सचेतनाका सामग्रीहरु र औद्योगिक उत्पादनहरुको एक दिने प्रदर्शनी आयोजना गरिएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.