नेपाल उद्योग वाणिज्य महासंघले महासंघको विधानले परिकल्पना गरेको उद्देश्य प्राप्तीका लागि महासंघका भूतपूर्व अध्यक्ष महेश लाल प्रधानको सभापतित्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
वर्तमान कार्यकारिणी समितिको कार्यावधिसम्मका लागि गठित उक्त सल्लाहकार समितिका अन्य सदस्यहरुमा महासंघका भूतपूर्व अध्यक्षद्वय पद्म ज्योति र प्रदीप कुमार श्रेष्ठ, भूतपूर्व उपाध्यक्षहरु दिवाकर गोल्छा, राजेन्द्र कुमार खेतान र रोहिणी थपलिया तथा भूतपूर्व कोषाध्यक्ष गोपाल प्रसाद क्षेत्री हुनु हुन्छ ।