»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















ढुवानीमा चक्रप्रणालीको विरोधमा कैलाली उवासंघद्वारा संचालित विरोध कार्यक्रम महासंघको अनुरोधमा फिर्ता (२०६५/३/२५)


सेती महाकाली ट्रक व्यवसायी संघले सूचना केन्द्रको बहानामा ढुवानी सेवामा लगाउंदै आएको चक्रप्रणाली (सिण्डिकेट प्रथा)को विरोधमा कैलाली उद्योग वाणिज्य संघद्वारा संचालित विभिन्न विरोध कार्यक्रमका क्रममा आज स्थानीय जिल्ला प्रशासन कार्यालयमा अनिश्चितकालिन धर्ना प्रारम्भ गरिकोमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको टोलीको पहल एवं अनुरोधमा उक्त प्रणाली खारेजीको आश्वासन प्राप्त भएकाले संघद्वारा संचालित विरोधका सबै कार्यक्रम फिर्ता गरिएको छ । स्थानीय जिल्ला प्रशासनबाट महासंघका अध्यक्ष लगायतका पदाधिकारीहरु, जिल्ला स्तरीय राजनीतिक दलका नेताहरु, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपी हमाल एवं पदाधिकारीहरु र नागरिक समाजका प्रतिनिधिको रोहवरमा स्वतन्त्र रुपमा ढुवानी संचालन गर्न आग्रह गर्दै सुरक्षाको प्रत्याभूति दिने आश्वासन समेत प्राप्त भएकोले संघले उक्त विरोध कार्यक्रम फिर्ता गरेको हो ।

महासंघबाट गएको उक्त टोलीमा उपाध्यक्ष द्वय कृष्ण प्रसाद ताम्राकार र भाष्करराज राजकणिर्कारका साथै महाकाली अञ्चल (क्षेत्रीय) प्रतिनिधि प्रकाश बहादुर साउद एवं सेती र महाकाली अञ्चलका विभिन्न जिल्ला उवासंघका अध्यक्षहरुको सहभागिता थियो ।

उक्त प्रणालीको विरोधका कार्यक्रम सहित संघले यहि असार १५ गते जिल्ला प्रशासन कार्यालय, कैलालीमा ज्ञापन पत्र पेश गरेको र १७ गतेदेखि यातायातमा लोड-अनलोडको कार्य अनिश्चितकालिन रुपमा बन्द गरेको थियो ।

यातायात एवं ढुवानीमा सिण्डिकेट प्रथा हुनु विश्वव्यापिकरण, खुला प्रतिस्पर्धात्मक बजार अर्थतन्त्र एवं लोकतान्त्रिक पद्धतिको मर्म विपरित मात्र नभई अव्यवहारिक तथा अवैज्ञानिक समेत भएका कारण महासंघले उक्त प्रथा देशव्यापि रुपमै खारेजीको माग गर्दै आएको छ ।

विगत २०५८ सालमा मन्त्रिपरिषदको निर्णयको खारेज भएको तथा २०६३ सालमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल ट्रक ट्याङ्कर तथा परिवहन व्यवसायी महासंघ बीच भएको सम्झौता विपरित समेत संचालन गरिएको चक्र प्रणालीका कारण स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउने व्यवसायीहरुको हक र अधिकार हनन हुन जानुका साथै उद्योग व्यवसाय क्षेत्रमा प्रतिकूल असर पर्न गएको र आम जनताले चक्र प्रणालीका कारण अनावश्यक रुपमा थप मूल्य वृद्धिको मार खेप्नु परिरहेको छ ।

यसो हुंदा हुंदै अझै पनि कतिपय जिल्लामा कानून विपरित चक्र प्रणाली संचालन गरिंदै आएको छ र उद्योगी व्यवसायीहरुद्वारा यसको व्यापक विरोध हुंदै आएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.