चक्रप्रणाली विरुद्ध विभिन्न विरोधका कार्यक्रम सहित उक्त प्रणाली खारेजीको माग राखी कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा यही असार १५ गतेदेखि संचालित विरोधका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिई उद्योगी व्यवसायीहरुले ढुवानीका लागि आ-आफ्नो मालसामान लोड गर्न यही असार २८ गते गाडीहरु लैजादै गरेको अवस्थामा सेती-महाकाली ट्रक व्यवसायी संघका पदाधिकारी समेतको एक जत्थाले व्यवसायीहरु माथि हातपात र अभद्र व्यवहार गर्नुका साथै एकदर्जन गाडीहरु तोडफोड गरि करिव १० लाख रुपैयांकोे नोक्सानी पुर्ΕΎयाएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित एवं गम्भीर भएको छ । महासंघ यस्ता कार्यको भत्र्सना गर्दछ ।
नेपाल सरकारले खारेज गरि सकेको अवस्थामा पनि कानून एवं सहमती विपरित जवरजस्ती रुपमा चक्रप्रणाली संचालन गर्दा उत्पन्न स्थिति समेतलाई दृष्टिगत गरि सेती महाकाली ट्रक व्यवसायी संघद्वारा कैलालीमा संचालित चक्रप्रणाली तत्काल खारेज गरि उद्योग व्यवसायी माथि हातपात एवं अभद्र व्यवहार गर्नेलाई कारवाही गर्नुका साथै तोडफोड भएका गाडिको उचित क्षतिपर्ूर्ति दिलाउने व्यवस्थाका लागि महासंघ सरकारसंग जोडदार माग गर्दछ ।
लोड अनलोड बन्द सहित त्यस प्रकारको विरोध कार्यक्रमबाट मात्र समस्याको समाधान नहुनुका साथै आमजनताको जनजीवन अस्तव्यस्त हुन जानुका साथै त्यसबाट नकारात्मक असर पर्न जाने भएको देखि महासंघका अध्यक्षको नेतृत्वमा गएको महासंघका अन्य पदाधिकारी सहितको टोलीको पहल एवं अनुरोधमा जिल्ला प्रशासन कार्यालय कैलालीबाट असार २५ गते चक्र प्रणाली खारेज गरि स्वतन्त्र रुपमा ढुवानी व्यवसाय संचालन गर्न आग्रह गर्दै स्थानीय प्रशासनबाट सात राजनीतिक दल समेतको रोहवरमा सुरक्षाको प्रत्याभूति दिने आश्वासन समेत प्राप्त भई विरोध कार्यक्रम फिर्ता लिइसकेको अवस्थामा भएका यस्तो कार्य निन्दनीय छ ।
वि.सं. २०५८ सालमा मन्त्रिपरिषदको निर्णयले खारेज भएको तथा २०६३ सालमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल ट्रक ट्याङ्कर तथा परिवहन व्यवसायी महासंघ बीच भएको सम्झौता विपरित समेत संचालन गरिएको चक्र प्रणालीका कारण स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउने व्यवसायीहरुको हक र अधिकार हनन हुन जानुका साथै उद्योग व्यवसाय क्षेत्रमा प्रतिकूल असर पर्न गएको र आम जनताले चक्र प्रणालीका कारण अनावश्यक रुपमा थप मूल्य वृद्धिको मार समेत खेप्नु परेको अवस्था जगजाहेर नै छ ।
यातायात एवं ढुवानीमा सिण्डिकेट प्रथा हुनु विश्वव्यापिकरण, खुला एवं प्रतिस्पर्धात्मक बजार अर्थतन्त्र एवं लोकतान्त्रिक पद्धतिको मर्म विपरित मात्र नभई अव्यवहारिक तथा अवैज्ञानिक समेत रहेका यस्ता प्रणालीको तत्काल खारेज गर्न पनि महासंघ नेपाल सरकार समक्ष जोडदार आग्रह गर्दछ ।