नेपालमा छिट्टै नयां सरकार गठन हुने र शान्ति सुरक्षा कायम भई राजनीतिक स्थायित्वका साथै आर्थिक सामाजिक विकासले त्रि्रता पाउनेमा जापान सरकार विश्वस्त रहेको बताइएको छ ।
जापानका उपविदेश मन्त्री ओसामु उनो (Vice Minister of Foreign Affairs Osamu Uno) को नेतृत्वमा नेपाल भ्रमणमा आएको जापानी प्रतिनिधिमण्डलको सम्मानमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ओसामुले उक्त कुरा बताउनु भएको हो ।
नयां सरकारको गठन पछि पनि नयां नेपालको निर्माणमा जापानी सहयोग निरन्तर रहने उल्लेख गर्नु हुंदै उहांले संविधानसभाको निर्वाचनपछि जापान सरकारको पहिलो अनुदानको रुपमा काठमाडौं-भक्तपुर सडक सुधार आयोजना अर्न्तर्गत आजै सम्पन्न सम्झौता पत्र आदान प्रदान नेपालको विकासमा निरन्तर सहयोग गर्ने एउटा उदाहरण भएको बताउनु भयो ।
नेपालको पहिलो आवश्यकता शान्तिपू्र्ण र हिंसा रहित समाजको निर्माण तथा विदेशी लगानी प्रोत्साहित गर्न सुरक्षा क्षेत्रमा सुधार तथा राजनीतिक दलहरु बीचको एकता र विश्वास अझ बढी आवश्यक भएको उल्लेख गर्नु हुंदै नेपालमा जापानी लगानी प्रवाहका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन मन्त्री उनोले दिनु भयो ।
यसैगरी यस वर्षमात्र ४२ हजार जापानी पर्यटकहरुले नेपाल भ्रमण गरेकोमा प्रशन्नता व्यक्त गर्नु हुंदै आगामी वर्षयो संख्या ५० हजार पुग्न सक्ने उल्लेख गर्नु हुंदै महासंघद्वारा सञ्चालित एक गाउं एक उत्पादन तथा मानव संसाधन विकास कार्यक्रम अत्यन्त फलदायी भएको धारणा व्यक्त गर्नु भयो ।
यस अघि महासंघका अध्यक्ष कुशकुमार जोशीले जापानी प्रतिनिधिमण्डलको स्वागत गर्नु हुंदै नेपालको विकासमा प्रमुख सहयोगी एवं दश व्यापारिक साझेदारी मध्येको एक जापानसंग कूल अन्तर्राष्ट्रिय व्यापारको हिस्सा धेरै कम अर्थात कूल निर्यातको १.६ प्रतिशत र कूल आयातको १ प्रतिशत मात्र हुनुको साथै जापानसंगको व्यापारमा ठूलो असन्तुलन रहेको हुंदा विशेष गरी जापान निर्यात हुने परम्परागत बस्तुहरुमा विविधिकरण गर्नुका साथै जापानी उपभोक्ताको चाहना अनुरुप गुणस्तरमा सुधार गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
साथै उहांले जापान उद्योग वाणिज्य संघ (JCCI), जापान अन्तराष्ट्रिय सहयोग केन्द्र (NICC), जेट्रो (JETRO) र महासंघ बीचको आपसी सम्बन्ध र सहयोग अत्यन्त राम्रो तथा फलदायी रहेको उल्लेख गर्नु हुंदै नेपालमा नयां सरकार गठन भई आर्थिक एजेण्डा स्पष्ट भएपछि महासंघको एक व्यवसायिक प्रतिनिधिमण्डल जापान भ्रमणमा पठाउने जानकारी दिंदै नेपालमा जापानी लगानीको प्रसस्त सम्भावना रहेको उल्लेख गर्नु भयो ।
अध्यक्ष जोशीले नेपाल र जापान बीच विशेषगरी लगानी संरक्षण तथा बौद्धिक सम्पत्तिको अधिकार सम्बन्धमा द्विपक्षीय लगानी सम्झौताका साथै व्यापार तथा लगानीको सम्भाव्यता पहिल्याउन व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान हुनु पर्ने धारणा व्यक्त गर्नु हुंदै जापानमा रहेका गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानीका लागि आमन्त्रित गर्नुका अतिरिक्त उनीहरु मार्फत नेपाली उत्पादन पर््रबर्द्धन गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल जापानी पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्य भएकोले पर्यटन पूर्वाधारको क्षेत्रमा समेत जापानी सहयोग महत्वपूर्ण हुने उल्लेख गर्नु हुदै अध्यक्ष जोशीले जिट्को (JITCO) अर्न्तर्गत नेपाली कामदारको क्षमता विकासको क्रममा औद्योगिक प्रशिक्षार्थीहरु जापान पठाउन छनौट कार्य भई रहेको उल्लेख गर्नु हुंदै उहांले महासंघद्वारा र्सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप सञ्चालित एक गाउं एक उत्पादन (OVOP) कार्यक्रम सम्बन्धमा प्रकाश पार्दै प्याकेजिङ्ग, बजार प्रबर्द्धन, बस्तुको पहिचान, उद्यमशीलता विकास, एक गाउं एक उत्पादन केन्द्र स्थापना जस्ता क्षेत्रमा जापानी आर्थिक तथा प्राविधिक सहयोग अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो ।
नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनो (Tatsuo Mizuno) तथा जापानी प्रतिनिधिमण्डलका सदस्यहरु एवं महासंघका वरिष्ठ उपाध्यक्ष सुरज बैद्य, उपाध्यक्षद्वय कृष्ण प्रसाद ताम्राकार तथा भाष्करराज राजकणिर्कार, नेपाल उद्योग परिसंघका अध्यक्ष एवं सभासद बिनोद कुमार चौधरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, महासंघका महानिर्देशक मेघनाथ न्यौपाने तथा कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक डा. देवभक्त शाक्य समेतको सहभागिता रहेको उक्त कार्यक्रममा द्विपक्षीय व्यापार तथा लगानी विस्तार, पर्यटन प्रबर्द्धन, व्यवसाय प्रबर्द्धनका लागि जापानी विशेषज्ञ सेवाको आवश्यकता एवं "एक गाउं एक उत्पादन" लाई अभियानकै रुमपा विकास गर्नु पर्नेमा जोड दिइएको थियो ।