»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग व्यवसाय क्षेत्रमा सुरक्षाको प्रत्याभूति तत्काल गर्नु पर्नेमा महासंघका अध्यक्ष जोशीद्वारा जोड (२०६५/४/३)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकारले व्यवसायीहरुको सुरक्षा गर्न नसकेको कारण उद्योग व्यवसाय क्षेत्र अस्तव्यस्त हुदै गएकोले तत्कालै सुरक्षा व्यवस्था सुदृढ गर्नुको साथै यस क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिनु पर्ने आवश्यकता माथि जोड दिनु भएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघद्वारा आज नुवाकोटमा आयोजित संविधान सभामा नुवाकोटबाट प्रतिनिधित्व गर्नु हुने सभासदहरुको बधाई तथा सम्मान समारोहमा बोल्दै प्रमुख अतिथि अध्यक्ष जोशीले उक्त धारणा व्यक्त गर्नु भएको हो ।

सभासदहरुलाई आयोजकको तर्फाट सम्मान गर्दै अध्यक्ष जोशीले समयमा बजेट र नयां कार्यक्रम नआउंदा व्यवसायीहरुमा निराश भएको बताउनु भयो ।

चक्काजाम, बन्द, हड्ताल जस्ता गतिविधिहरु सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिनु हुदै अध्यक्ष जोशीले भन्नुभयो नयां नेपालमा ढुक्कले काम गर्न पाईन्छ भन्ने व्यवसायीको आशा चकनाचुर हुन नुहने उल्लेख गर्नु हुदै बन्द, हड्ताल नगरिने व्यवस्था संविधानमा नै लेख्नु पर्ने धारणा समेत व्यक्त गर्नु भयो ।

साथै अध्यक्ष जोशीले राजनीतिक दलहरु आपसी समझदारीका साथ अघि बढ्न नसकी राजनीतिक विवादमानै अल्मल्लिएका कारण आर्थिक एजेण्डालाई अघि बढाउने काम ढिला भएकोमा चिन्ता व्यक्त गर्नु हुदै निर्धारित समयमानै नयां संविधान निर्माण गर्नुका साथै निजी क्षेत्रको सुझाव समेतका आधारमा आर्थिक क्रान्तिलाई तत्कालै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

यसै गरी उहांले सरकारले खारेज गरिसकेको सिण्डिकेड प्रथा केही जिल्लामा जवरजस्ती लागू गर्दा समेत स्थानीय प्रशासन निरिह बनेकोमा चिन्ता व्यक्त गर्नु हुदै देशमा विधिको साशन हुनु पर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ट पार्टि (माओवादी) का केन्द्रिय सदस्य एवं सभासद पोष्टबाहादुर बोगटी (दिवाकार) ले सवै राजनीतिक पार्टिहरुसंग सहकार्य गरेर जाने माओवादीको सोच भएको र यसबाटनै निर्धारित लक्ष्य प्राप्त हुन सहज हुने भएको उल्लेख गर्नु भयो ।

प्रमुख अतिथि जोशीले एमालेका सभासद गोविन्द नेपाली, माओवादीका सभासद सान्तुमाया तामाङ र विमला सुवेदीलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा सभासद गोविन्द नेपालीले उद्योगी व्यवसायीको सुझाव कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

समारोहमा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरण उत्सुकले नुवाकोटको आर्थिक विकासको खांका प्रस्तुत गर्नु हुदै रसुवा-स्याव्रुवेशी सडक निर्माणबाट यस क्षेत्रको आर्थिक विकासमा कांयापलट हुने विश्वास व्यक्त गर्नु भयो ।

यसैवीच महासंघका अध्यक्ष जोशीले इलम प्रशिक्षण केन्द्रहरुलाई नयां ढंगले लैजानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

नुवाकोट इलम प्रशिक्षण केन्द्रद्वारा आजै विदुरमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि महासंघका अध्यक्ष जोशीले सो कुरा वताउनु भएको हो ।

इलम प्रशिक्षण केन्द्र हाल आठ वटा अंचलमा संचालनमा रहेका र यी केन्द्रहरुलाई चौधै अंचलमा एक एक वटा विस्तार गर्ने सम्बन्धमा सरकार, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद र नेपाल उद्योग वाणिज्य महासंघ बीच हालै समझदारी समेत भएको उहांले वताउनु भयो ।

अध्यक्ष जोशीले इलम प्रशिक्षण केन्द्रले स्थानीय तहमा शीपको अभावमा वेरोजगार यूवाहरुलाई वजारको माग अनुरुपको तालीम प्रदान गरि स्थानीय आवश्यकता तथा विदेशमा समेत गएर रोजगारी गर्न सक्ने वनाउने भएकाले केन्द्रले रोजागरीको ढोका खोलेेको स्पष्ट पार्नुभयो ।

महासंघको कार्यकारिणी समितिका सदस्य निरक के.सी. एवं स्थानीय प्रमुख जिल्ला अधिकारी भानुभक्त पोखरेल लगायतका वक्ताले बोल्नु भएको उक्त कार्यक्रम नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरण उत्सुकको सभापतित्वमा आयोजना गरिएको र कार्यक्रममा महासंघका महानिर्देशक मेघनाथ न्यौपानेले इलम प्रशिक्षण केन्द्रको उद्देश्य, व्यवस्थापन तथा उपलब्धी सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

दुई दिने उक्त भेलामा नुवाकोट, सुनसरी, नवलपरासी, कञ्चनपुर, दमक, सिराह, धरान र बाराका इलम प्रशिक्षण केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.