»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योगी व्यवसायीको सुरक्षाको प्रत्याभूति हुन नसकेकोमा महासंघद्वारा सरकारको गम्भीर ध्यानाकर्षण (२०६५/४/५)


संविधान सभाको निर्वाचन सम्पन्न भई देश ऐतिहासिक रुपमा नयाँ सरकार गठन तर्फ केन्द्रित भएको वर्तमान अवस्थामा पनि उद्योग व्यवसाय लगायत निजी क्षेत्र माथि हुने गरेको दवाव, आक्रमण, अपहरण, लुटपाट, चोरि, डकैति, चन्दा आतंक, हत्या, हिंसा सृंखलाबद्ध रुपमा बढ्दै गई शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेकोमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार लगायत राजनीतिक दलहरुको गंभीर ध्यानाकर्षा गर्दछ ।

उद्योगी व्यवसायि माथि सृंखलाबद्ध रुपमा भई रहेको आक्रमणकै क्रममा जनकपुर उद्योग वाणिज्य संघका सदस्य गौरिशंकर आयरन स्टोर्सका प्रोप्राईटर गौरिशंकर महतोलाई आज विहान अज्ञात समूहले गोली हानि सख्त घाइने बनाएकोमा महासंघ त्यसको घोर भर्त्सना गर्दै अपराधिलाई छिटो भन्दा छिटो पक्राउ गरी कानूनी कारवाही तथा उचित क्षतिपूर्तिको लागि महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।

काठमाडौं लगायत देशका विभिन्न भागमा बढ्दो अपराधिक क्रियाकलापका कारण जनधनको सुरक्षा हुन नसकेको हुंदा महासंघ लगायत निजी क्षेत्रसंग जीउधनको सुरक्षाको प्रत्याभूति सहित अपराधिहरु तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउने प्रतिबद्धता सरकारबाट वारम्वार गरिएता पनि अपराधिक क्रियाकलाप सृंखलाबद्ध रुपमा बढ्दै जानुबाट सरकार जिम्मेवारी रुपमा प्रस्तुत हुन नसकेको स्पष्ट हुन्छ ।

सम्पूर्ण देशबासीको जनधनको सुरक्षा गर्नुका साथै उनीहरुको पेशा व्यवसाय गरी जीविकोपार्जन गर्न पाउने नैर्सर्गिक अधिकारको पूर्ण प्रत्याभूति गर्नु राज्यको प्रमुख कर्तव्य भएकोले यसका साथै सो सम्बन्धमा सरकारले गरेको प्रतिबद्धता पूरा गर्दै जान सरकारसंग जोडदार आग्रह गर्दै यस विपरित निजी क्षेत्र माथि हुने आक्रमण नरोकिएमा त्यसबाट निस्कने परिणाम प्रति सरकार आफै जिम्मेवार हुने पनि महासंघको धारणा रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.