नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले व्यवसायिक प्रतिस्पर्धालाई अन्त्य गर्ने र उपभोक्तालाई मारमा पार्ने कुनै पनि प्रकारको आलोपालो प्रणाली (सिण्डिकेट) को महासंघले विरोध गर्ने र त्यस प्रकारका गैर कानूनी कार्य खारेज गर्नुपर्ने धारणा महासंघको रहेको बताउनु भएको छ ।
कैलालीमा विगत तीन साताभन्दा बढीदेखि संचालित ढुवानीमा सिण्डिकेट प्रणालीको विरोध वारे आम जनमानसमा स्पष्ट पार्न महासंघद्वारा आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुंदै अध्यक्ष जोशीले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष जोशीले व्यवसायी व्यवसायी बीचको एकता आवश्यक भएको भन्दै महासंघले वारम्वार उक्त प्रणाली खारेज गरि स्वच्छ व्यवसाय गर्न ढुवानी व्यवसायीहरुलाई आव्हान गर्दै आएपनि उहांहरु त्यसमा सकारात्मक नहुंदा आजको अवस्था आएको स्पष्ट पार्दै महासंघ ढुवानी व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी वनाउन पनि यस प्रकारका गैर कानुनी कार्यको विरोधमा रहेको बताउनु भयो ।
महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको उपस्थिति रहेको सो कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको समाधान गर्नुहुंदै महासंघका उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार र भाष्करराज राजकणिर्कारले कैलालीमा जारी विरोध कार्यक्रम तत्काल अन्त्य गर्न तथा उद्योगी व्यवसायीको सुरक्षामा सम्बन्धित निकायबाट अविलम्व पहल हुन जोड दिनु भयो । महासंघका कार्यकारिणी समितिका सदस्य एवं क्षेत्रीय (महाकाली अंचल) प्रतिनिधि प्रकाशबहादुर सावद र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल हमालले हाल जारी विरोध कार्यक्रम सहित सुदुरपश्चिमका समस्याहरु वारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा महासंघको सुरदुरपश्चिम क्षेत्रका कार्यकारिणी समितिका सदस्यहरु लोकविक्रम थापा र निरक केसी एवं कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज पाण्डेको उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष जोशीद्वारा प्रस्तुत प्रेस विज्ञप्तिः
नेपाल उद्योग वाणिज्य महासंघ कुनै पनि किसिमको व्यवसायमा हुने एकाधिकारको विरोध गर्दछ । कुनै पनि एकाधिकारले प्रतिस्पर्धी क्षमतामा ह्रास गराउंछ र प्रत्यक्ष रुपमा खुला बजार एवं उदार अर्थतन्त्रलाई नकारात्मक असर पार्दछ । एकाधिकारको प्रत्यक्ष असर आम उपभोक्तामा पर्न जान्छ र यसले बस्तु एवं सेवाको मूल्य बृद्धि गराउनुको साथै उपभोक्ताको बस्तु र सेवा छनौट गर्ने अधिकारलाई समेत बञ्चित गर्राई बजारको प्रतिस्पर्धी क्षमतालाई अवरुद्ध पार्दछ । त्यसैले एकाधिकार व्यवस्थालाई ऐन कानूनले समेत वर्जित गरेको छ ।
सोही अनुरुप विगत २०५८ सालमा मन्त्रिपरिषदको निर्णयले खारेज भएको तथा २०६३ सालमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल ट्रक ट्याङ्कर तथा परिवहन व्यवसायी महासंघ बीच भएको सम्झौता विपरित कैलालीमा सूचना (आलोपालो) प्रणालीको नाममा संचालन गरिएको ट्रक सिण्डिकेट व्यवस्थाका कारण स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउने व्यवसायीहरुको हक र अधिकार हनन हुन जानुका साथै उद्योग व्यवसाय क्षेत्रमा प्रतिकूल असर पर्न गएको र आम जनताले सो प्रणालीका कारण अनावश्यक रुपमा अभाव तथा थप मूल्य वृद्धिको मार खेप्नु परिरहेको छ ।
यसका साथै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात क्षेत्रमा सेवा संचालन गर्दा यातायात व्यवस्थापन समितिको स्वीकृतिबाट यातायात सेवा संचालन गर्ने कानूनी व्यवस्थालाई केही नेपाल कानून संशोधन गर्ने ऐन र र्सार्वजनिक खरिद ऐन २०६३ ले सबै प्रकारका चक्रप्रणाली तथा आलोपालो प्रथा कानूनबाट खारेज भएको धेरै समय भइसकेको छ तापनि कैलालीको धनगढीमा सो बमोजिम चक्र -आलोपालो) प्रणाली अर्थात ढुवानी यातायातमा एकाधिकार कायम गरेका कारण सम्पर्ूण्ा सुदूरपश्चिम क्ष्ँेत्रको बजार नकारात्मक रुपमा प्रभावित हुन पुगेको छ । यसबाट अत्यावश्यक बस्तु र सेवा समेतको अभावका साथै मूल्य बृद्धि हुन गई बजारको प्रतिस्पर्धी क्षमतामा ह्रास आउनुको साथै आम जनता अभाव र महंगीको चपेटामा पर्न गएका छन् । यसैले उक्त चक्र प्रणालीको विरुद्धमा कैलाली उद्योग वाणिज्य संघले गत असार १५ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा सोको विरोधमा ज्ञापन पत्र पेश गर्नुको साथै असार १७ गतेदेखि यातायातमा लोड अनलोडको कार्य अनिश्चितकालिन रुपमा बन्द गर्दै आएको थियो ।
यसै बीच स्थानीय प्रशासन र सुरक्षा निकायद्वारा ढुवानी यातायातलाई सुरक्षा दिने आश्वासन प्राप्त भएका आधारमा गत असार २७ गतेबाट उद्योगी व्यवसायीले मालसामान लोड अनलोड गरी ढुवानी सुचारु राख्ने प्रयाश गरेको अवस्थामा चक्र प्रणाली पक्षधरहरुले ढुवानीका साधन तोडफोड गरी लाखौं क्षति पुर्žयाएका कारण सुदूर पश्चिमाञ्चल क्षेत्रका सम्पर्ूण्ा उद्योग वाणिज्य संघहरुले गत असार २९ गतेदेखि धनगढी लगायत त्यस क्षेत्रका सबै बजार बन्द गर्दै आएका छन् । कैलाली उद्योग वाणिज्य संघद्वारा सञ्चालित उक्त जायज मागको नेपाल उद्योग वाणिज्य महासंघले र्समर्थन एवं ऐक्यवद्धता जनाएको छ साथै सो विरोध कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्षेत्रका सम्पूर्ण उद्योग वाणिज्य संघहरुले साथ दिंदै आएका छन् ।
विगत २३ दिनदेखि संचालित उक्त विरोध कार्यक्रमबाट सुदूर पश्चिमाञ्चल क्षेत्रका आम उपभोक्ता एवं व्यवसायीहरुलाई असुविधा पर्न गएको महासंघ लगायत कैलाली उद्योग वाणिज्य संघले पनि आत्मसात गरेको छ र यस्तो असुविधा प्रति गहिरो दुःख समेत जाहेर गर्न चाहन्छौं । तर यो विरोध कार्यक्रम हाम्रो चाहना पनि होइन, यो हाम्रो वाध्यता हो र हाम्रो कार्यक्रम एकाधिकार एवं सिण्डिकेटको विरुद्धमा हो ।
यस प्रकारको बन्द, हडताल सधैंका लागि अन्त गर्न हामी चाहान्छौं र यो विरोध कार्यक्रम पनि बन्द गरि त्यहांको जनजीवन सुगम बनाउन चाहान्छौं । तर हाम्रो माग गैर कानूनी सिण्डिकेट प्रथा खारेज होस भन्ने हो ।
यसैले कैलाली उद्योग वाणिज्य संघद्वारा संचालित विरोध कार्यक्रम प्रति महासंघको पुनः ऐक्यवद्धता प्रकट गर्दै आम उपभोक्ता एवं जनतामा पर्न गएको असुविधालाई दृष्टिगत गरी बजार सुचारु गर्न महासंघ कैलाली उद्योग वाणिज्य संघ लगायत सुदूर पश्चिमाञ्चल क्षेत्रका सम्पूर्ण उद्योग वाणिज्य संघहरुलाई हार्दिक आव्हान गर्दछ । तर ट्रक सिण्डिकेट खारेजीको माग सहित कुनै पनि मालसामानको ढुवानी (लोड अनलोड) नगर्ने लगायतका विरोधका अन्य स्वरुपहरुलाई यथावत राखी गैर कानूनी रुपमा संचालित ढुवानीमा सिण्डिकेट विरुद्धको ऐक्यवद्धतामा महासंघ सधैं र्समर्थनमा रहिरहने छ ।
अन्तमा, पत्रकार मित्रहरुबाट सिण्डिकेट प्रथा खारेजीका लागि संचालित विरोध कार्यक्रमको पक्षमा पुर्žयाउनु भएको सहयोग तथा सरकार एवं आमजनतामा पुर्žयाउनु भएको जानकारीको लागि धन्यवाद सहित आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छौं ।