»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















खाद्यान्नको बस्तुस्थिति, अभाव एवं मानवियता विषयक राष्ट्रिय सम्मेलन भोली काठमाडौंमा हुंदै (२०६५/४/१२)


विश्वमा खाद्यान्नको अभाव तथा मूल्य वृद्धि थप चुनौति, चिन्ता र ठूलो सरोकारको विषय भएको सन्दर्भमा नेपालमा पनि खाद्यान्नको बढ्दो मूल्य र गरिबीका कारण विशेषगरि दुर्गम क्षेत्रका वहुसंख्यक जनता रोग र भोकमरीबाट पीडित हुन वाध्य भएका छन् ।

सोही क्रममा राष्ट्रव्यापी तहमा प्रमुख चुनौतिको रुपमा रहेको खाद्यान्नको मूल्य वृद्धि एवं संरक्षण जस्ता मानवीय सरोकारका विषयमा नेपालमा पनि विभिन्न प्रयास र कार्यक्रम थालनी भएका छन् । संस्थागत सामाजिक दायित्व (Corporate Social Responsibility) को क्रममा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमसंगको सहकार्यमा "खाद्यान्नको बस्तुस्थिति, अभाव एवं मानवियता" (Food Situation, Crisis and Humanitarianism) विषयमा काठमाडौंमा भोली श्रावण १३ गते एक राष्ट्रिय स्तरको उच्चस्तरीय गोष्ठीको आयोजना गर्न लागेको छ ।

नेपाल कम्यूनिष्ट पार्टि (माओवादी) का अध्यक्ष एवं संविधानसभाका समासद पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा उद्घाटन हुने तय भएको तथा खाद्य संकटको व्यवस्थापन, रणनीति एवं संस्थागत व्यवस्थाका विषयमा विशेष छलफल गरिने एवं सरकारी निकाय, राजनीतिक व्यक्तित्वहरु, कुटनीतिक नियोग, संयुक्त राष्ट्र संघ, निजी क्षेत्र, गैर सरकारी तथा अन्तर्राष्ट्रिय निकाय, विद्वतवर्ग र नागरिक समाज समेत गरि करिब २०० जनाको उच्चस्तरीय प्रतिनिधित्व रहने उक्त राष्ट्रिय कार्यक्रमबाट खाद्य संकट एवं मूल्य वृद्धिका सम्बन्धमा चेतना अभिवृद्धिका साथै सो चुनौति सामनाका लागि वैकल्पिक नीति निर्माणमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

खाद्य संकटमा उत्पन्न संक्रमण तथा द्वन्द पश्चातको अवस्थामा संयुक्त राष्ट्र संघीय प्रणाली अनुरुप खाद्य सुरक्षाका विषयमा विश्लेषण एवं विवेचना समेत गरिने उक्त सम्मेलन वर्तमान सन्दर्भमा अत्यन्त महत्वपूर्ण मानिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.