»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सार्क सम्मेलनमा भाग लिन प्रधानमन्त्रीका साथ निजी क्षेत्रको प्रतिनिधिमण्डल कोलम्बो तर्फ (२०६५/४/१६)


दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को श्रीलंकाको राजधानी कोलम्बोमा यही साउन १८ र १९ गते हुने १५ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलसाथ निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र वीर मालाकार सहितको प्रतिनिधिमण्डलले भाग लिंदै छ ।

नेपाली निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विनोद कुमार चौधरीले पनि उक्त प्रतिनिधिमण्डल साथ सम्मेलनमा भाग लिनु हुने छ ।

सो प्रतिनिधिमण्डल प्रधानमन्त्रीका साथ आजै त्यस तर्फप्रस्थान गरेको छ ।

सम्मेलनमा खाद्य सुरक्षा, उर्जा व्यवस्थापन, गरिबी निवारण र आतंकवाद नियन्त्रण जस्ता विषयमा हुने निर्णय तथा नेपाली प्रतिनिधिमण्डलद्वारा उठाइने आर्थिक एजेण्डाले नेपाल लगायत यस क्षेत्रकै समग्र विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

श्रीलंकामा रहंदा निजी क्षेत्रको प्रतिनिधिमण्डलले श्रीलंका उद्योग वाणिज्य महासंघ (Federation of Chambers of Commerce & Industry of Sri Lanka) तथा द सिलोन चेम्बर अफ कमर्स (The Ceylon Chamber of Commerce) का अध्यक्ष लगायतका पदाधिकारीहरुसंग भेटि द्विपक्षीय व्यापार लगानी तथा पर्यटन प्रवर्द्धन सम्बन्धमा विस्तृत छलफल सहित सोका लागि पहल गर्ने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) तथा श्रीलंका उद्योग वाणिज्य महासंघ (FCCISL) बीच सन् १९९३ मा स्मृति पत्रमा हस्ताक्षर भई द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारका कार्यहरु हुंदै आएका छन् भने दक्षिण एशियाका नेपाल, वंगलादेश र श्रीलंकाका तथा दक्षिण यूरोपका स्पेन, इटली, ग्रिस र स्लोभेनिया बीच व्यापार तथा लगानी वृद्धि गर्ने प्रमुख उद्देश्यले महासंघ द सिलोन चेम्बर अफ कमर्सद्वारा यूरोपियन आयोग समेतको सहयोगमा "South Europe Meets South Asia (SEMSA)" नामक परियोजना महासंघमा प्रारम्भ गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.