»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















चिया उद्योगका समस्या तत्काल समाधानका लागि अनुकूल वातावरण तयार गर्न सरकार एवं सम्बन्धित ट्रेड यूनियनसंग आग्रह (२०६५/४/१९)


अखिल नेपाल ट्रेड यूनियन महासंघसंग आवद्ध अखिल नेपाल चिया बगान मजदुर संघको पहलमा धनकुटाका चिया वगानहरुमा श्रम विवाद सिर्जना भई चिया उद्योगहरु हाल बन्द हुन पुगेका छन् । यस्तै कन्याम चिया उद्योग पनि बन्द भएको छ । ट्रेड यूनियन पक्षबाट गत असार २९ गतेदेखि गैर कानूनी तरिकाले कारखानाको उत्पादन प्रकृयामा बाधा अवरोध सिर्जना गर्ने, जवरजस्ती माग पूरा गराउन कारखानालाई आफ्नो नियन्त्रणमा लिई व्यवस्थापकीय कर्मचारीहरु समेतलाई थुनछेक, घेराउ एवं अभद्र व्यवहार गर्ने जस्ता गतिविधिका कारण उत्पन्न असहज परिस्थितिमा कारखाना खोली रहंदा अप्रिय घटना हुन सक्ने, भौतिक तथा मानवीय क्षति हुन सक्ने स्थिति रहेकोले धनकुटा स्थित गुराशे टिस्टेट, जुन चियावारी र कुवापानि टि प्लान्टेशनको व्यवस्थापन पक्षले बाध्य भई तालाबान्दी गरेकोमा अखिल नेपाल चिया वगान मजदूर संघ जिल्ला समिति धनकुटाले गुरासे टि स्टेटमा प्रतिष्ठानले लगाईरहेको ताला तोडी त्यहां रहेका सुरक्षा गार्ड समेतलाई जवरजस्ती बाहिर निकाली ट्रेड यूनियन आफैले ताला लगाउने काम गर्नुको साथै हिजो साउन १८ गतेदेखि जबरजस्ती कारखाना संचालन गर्ने काम भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त गम्भिर भएको छ ।

व्यवस्थापन पक्षले लगाई राखेको ताला तोडी भित्र प्रवेश गर्ने र काराखानालाई आफ्नो नियन्त्रणमा राख्ने कार्य अत्यन्त आपत्तिजनक एवं गैर कानूनी क्रियाकलाप हो भन्ने महासंघको धारणा रहेकोछ । अतः यस किसिमको गैर कानूनी क्रियाकलापलाई तुरुन्त रोकी व्यवस्थापन पक्ष कानून सम्मत तथा शान्तिपूर्ण वार्ताद्वारा विवादको समाधान गर्न तत्पर रहेको हुंदा यसका लागि अनुकूल वातावरण बनाउने प्रयास एवं पहल हुन समेत महासंघ नेपाल सरकार तथा सम्बन्धित ट्रेड यूनियनसंग हार्दिक आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.