»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल र श्रीलंका बीच आर्थिक सम्बन्ध विस्तार सम्बन्धमा छलफल (२०६५/४/२२)


नेपाल र श्रीलंका बीच द्विपक्षीय व्यापार लगानी, पर्यटन प्रबर्द्धन तथा अन्य आर्थिक सम्बन्ध विस्तार वारे नेपाली र श्रीलंकाली निजी क्षेत्र बीच कोलम्बोमा हालै विस्तृत छलफल भएको छ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १५ औं शिखर सम्मेलनमा भाग लिन कोलम्बो गएको बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र श्रीलंका उद्योग वाणिज्य महासंघ Federation of Chambers of Commerce & Industry of Sri Lanka का पदाधिकारीहरु बीच भएको बैठकमा नेउवामहासंघका अध्यक्ष जोशीले दुई देश बीच प्रशस्त सम्भावना हुंदा हुंदै पनि व्यापार, लगानी तथा पर्यटन प्रवाह अत्यन्त न्यून भएकोले यसलाई विस्तार गर्न दुवै देशका निजी क्षेत्रबाट सक्रिय पहल हुनुका साथै सूचना तथा जानकारी एवं व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान हुनु पर्ने र यस कार्यमा सरकारले सहयोगात्मक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो।

साथै अध्यक्ष जोशीले लामो द्वन्दपछि शान्ति स्थापना प्रक्रियामा देश गई रहेको र राजनीतिक एजेण्डा टुंगोमा पुगि सकेकोले अव आर्थिक क्रान्तिको शुरुआत हुने हुंदा नेपालका सम्भाव्य क्षेत्रमा लगानी गर्न र लुम्बिनीलाई गन्तव्य मानि पर्यटन प्रवाहका लागि पहल गर्न समेत श्रीलंकाली पक्षसंग आग्रह गर्नु भयो।

त्यसैगरी द सिलोन चेम्बर अफ कमर्स (Ceylon Chamber of Commerce) का पदाधिकारीहरुसंग भएको बैठकमा द्विपक्षीय व्यवसायिक एवं आर्थिक सम्बन्ध विस्तारका साथै दक्षििण एशियाली तथा युरोपियन मुलुकहरु बीच व्यापार तथा लगानी बृद्धि गर्ने प्रमुख उद्देश्यले महासंघ र उक्त चेम्बरद्वारा युरोपियन आयोग समेतको सहयोगमा प्रारम्भ गरिएको सिम्सा परियोजना "South Europe South Asia" (SEMSA) लाई अझ प्रभावकारी रुपमा अघि बढाउन सम्बन्धित मुलुकहरु बीच सूचना एवं जानकारीको आदान प्रदानलाई तीब्रता दिनु पर्नेमा जोड दिनु भयो।

उक्त दुवै संस्थासंगको बैठकमा श्रीलंकाली पक्षले नेपालमा शान्ति र स्थायित्वसंगै श्रीलंकाली लगानी तथा पर्यटन प्रवाह समेत बढ्ने र व्यापार विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरेको छ।

यसैगरी महासंघका अध्यक्ष जोशी र युरोपिय आयोगका निर्देशक जेम्स मोरान (James Moran) बीच कोलम्बोमानै भएको भेटघाटमा नेपालको पुनर्निमाण तथा आर्थिक सामाजिक क्षेत्रका साथै डब्लुटिओ, साफ्टा र विमस्टेकको सन्दर्भमा नेपाली उद्योग व्यवसायको क्षमता विकासमा सहयोग बढाउन आग्रह गर्नु भएको छ।

निर्देशक मोरानले नेपालको आर्थिक सामाजिक विकासका साथै निजी क्षेत्रको क्षमता विकासमा आयोगले सकारात्मक सहयोग गर्दै जाने आश्वासन दिनु भयो।

उक्त सबै बैठक एवं भेटघाटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार समेत हुनुहुन्थ्यो।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.