विभिन्न संघ/संस्थाहरुको नाममा केही व्यक्तिहरुले सिमित स्वार्थ पूर्तिका लागि सेवा तथा वस्तुहरुको ढुवानीमा सिण्डिकेट लागू गरेका कारण विशेषतः मध्य तथा सुदुरपश्चिमका उद्योग व्यवसायहरु पूर्ण रुपमा धरासायी भएका र सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा खाद्यान्न तथा औषधिको चरम अभाव हुने अवस्था सृजना भएको छ ।
अत्यन्त असहज अवस्था उत्पन्न हुने गम्भीर परिस्थितिलाई समेत मनन गरी गैर कानूनी सिण्डिकेट प्रथाको पूर्ण खारेजीको माग गर्दै कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा उक्त क्षेत्रमा विगत ४५ दिनदेखि संचालित आन्दोलनप्रति कतैबाट पनि सुनुवाई नभएपछि नेपाल उद्योग वाणिज्य महासंघको ऐक्यवद्धतामा त्यस क्षेत्रका महासंघका सदस्य उद्योग वाणिज्य संघहरु बाध्य भएर आजदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालिन धर्नामा बसेका छन् ।
धर्नामा बसेका सबै उद्यमी व्यवसायीहरुलाई हौसला एवं प्रोत्साहन दिई व्यवसायिक ऐक्यवद्धताका साथ आ-आफनो संघ/संस्थाको तर्फाट कालो झण्डा एवं सिण्डिकेटको विरोध अंकित व्यानर सहित माइतीघर मण्डलामा सहभागी भएर र्समर्थनमा हस्ताक्षर गरी उक्त कार्यक्रमलाई अन्तिम टुंगोमा पुर्žयाउने अभियानमा सहयोग पुर्žयाउन महासंघ कार्यकारिणी समिति सदस्यहरु, सबै सदस्य संघ/संस्थाहरु, उद्यमी व्यवसायीहरु लगायत आम जनता समक्ष हार्दिक आग्रह गर्दछ ।
यति लामो अवधिसम्म पनि सिण्डिकेट प्रणाली खारेजी नहुनु र सामान लोड अनलोड नहुंदा एकातिर सुदूर पश्चिमका जिल्लाहरुमा औषधि, खाद्यान्न र अत्यावश्यक वस्तुको ठूलो अभाव भएको छ भने अर्कोतिर त्यस क्षेत्रका उद्योग व्यवसायहरु पूर्णरुपमा बन्द समेत भएकाले सो अत्यन्त गम्भीर परिस्थितिका विषयमा छलफल गरि ठोस निष्कर्षपहिल्याउने उद्देश्यले महासंघद्वारा केन्द्रीय तहमा नेपाल सरकारका गृहमन्त्री, सबै राजनीतिक दलका नेताहरु, गृह र उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका सचिवहरु, नेपाल प्रहरीका पदाधिकारीहरु, नागरिक समाज, उपभोक्ता मञ्च, उद्योगी व्यवसायी एवं पत्रकारहरु समेतको सहभागितामा साउन २७ गते सोमबार होटल अन्नपूर्ण दरवार मार्गमा अपरान्ह ३ वजे र्सवपक्षिय बैठक राखेको छ । उक्त कार्यक्रममा सहभागीताका लागि महासंघ सबैमा अनुरोध समेत गर्दछ ।