संघर्षको कार्यक्रम हाललाई स्थगित (२०६५/४/२८)
मध्य एवं सुदूरपश्चिमाञ्चल क्षेत्रमा सञ्चालित ट्रक सिण्डिकेट खारेजीको माग गरी नेपाल उद्योग वाणिज्य महासंघ र कैलाली उद्योग वाणिज्य संघ समेतको पहलमा विरोध कार्यक्रम सञ्चालन हुंदै आएको छ । यसै बीच गृह मन्त्रालयले ट्रक सिण्डिकेट खारेजीको परिपत्र जारी गरेको बुझिएको र यसको खारेजीको माग सहित सम्मानित सर्वोच्च अदालतमा रिट समेत दायर भएको पृष्ठभूमिमा महासंघ र कैलाली उद्योग वाणिज्य संघबाट आव्हान गरिएको संघर्षको कार्य हाललाई स्थगित गरिएको व्यहोरा महासंघ सम्बन्धित सबैमा जानकारी गराउंदछ ।