विश्वमा देखा परेको खाद्यान्न तथा इन्धनको मूल्य वृद्धि एवं अभावको कारण मानवीय संकटले जन्माउन सक्ने द्वन्द एवं सामाजिक आर्थिक संकट व्यवस्थापन सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (United Nations World Food Programme)को संयुक्त तत्वावधानमा आयोजित दुई दिने कार्यशाला आज काठमाडौंमा प्रारम्भ भयो ।
निजी क्षेत्रका व्यवसायिक नेताहरु र सामाजिक तथा राजनीतिक नेताहरुले सो सम्बन्धी संकटको समयमा खेल्नु पर्ने भूमिका बारे सचेत गराउन तथा नेतृत्व क्षमता अभिवृद्धि एवं संकट समाधानका विभिन्न संयन्त्रको पहिचान र अपनाउनु पर्ने रणनीति तय गर्ने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालाको उद्घाटन समारोहलाई संबोधन गर्नु हुदै महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले मानवीय वा प्राकृतिक कारणले विभिन्न समयमा कुनै पनि क्षेत्रमा संकट उत्पन्न हुन सक्ने हुंदा यसको समाधानका उपायहरु पहिल्याई क्षमता विकास गर्दै जानु पर्नेमा जोड दिनुका साथै यस वर्षविश्वमा देखापरेको खाद्य संकटको प्रभाव नेपालमा समेत परेको उल्लेख गर्नु भयो ।
साथै उहांले देशमा संकट व्यवस्थापनको नेपाल उद्योग वाणिज्य महासंघ लगायत सदस्य संघ/संस्था, सरकारी तथा गैर सरकारी निकाय, राजनीतिक दलहरु, स्थानीय निकाय र अन्तर्राष्ट्रिय संघ/संस्थाले आ-आफ्नै प्रकारले प्रयाश गर्दै आएकोमा यसलाई समन्वयात्मक एवं एकिकृत रुपमा सरोकारवालाहरुको समेत सहभागितामा गर्दा बढी प्रभावकारी हुने भएकोले महासंघले विश्व खाद्य कार्यक्रमको सहयोगमा संकट व्यवस्थापनका विविध पक्षको पहिचान तथा रणनीति तर्जुमा प्रारम्भ गर्न लागेको उल्लेख गर्नु भयो ।
कार्यशालाको उद्घाटन गर्नु हुदै संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (UNWFP) का देशीय प्रतिनिधि रिचार्ड रगन (Richard Ragan) ले प्राकृतिक एवं मानवीय संकटबाट उत्पन्न संकट व्यवस्थापनका लागि विश्व खाद्य कार्यक्रमले विश्वका विभिन्न मुलुकमा सरकारी तथा निजी क्षेत्रका साथै सरोकारवाला विभिन्न पक्षको सहभागितामा यस प्रकारको कार्यक्रम आयोजना गरि सघाउ पुर्ΕΎयाउदै आएको र निजी क्षेत्रको नेतृत्वमा सो कार्य प्रभावकारी हुने महसूस गरिएको उल्लेख गर्नु भयो ।
महासंघका महानिर्देशक मेघनाथ न्यौपानेले मन्तव्य व्यक्त गर्नु हुदै विश्वमा विभिन्न प्रकारले बढ्दै गएको इन्धन एवं खाद्य लगायतका संकट व्यवस्थापनका लागि समयमानै गम्भिरतापर्ूवक ध्यान दिई पूर्व तयारी गर्नु आवश्यक भएको सर्न्दर्भमा नेपालमा उत्पन्न संकट व्यवस्थापनका लागि महासंघले विश्व खाद्य कार्यक्रम लगायत सम्बन्धित सवै सरोकारवालाहरुको सहभागितामा देशका विभिन्न भागमा यस प्रकारको कार्यक्रम आयोजना गर्ने जानकारी गराउनु भयो ।
संकट व्यवस्थापन विज्ञ प्रा. डा. राम थपलियाले उक्त कार्यशाला बारे प्रकाश पार्नु हुदै संकट व्यवस्थापनमा महासंघको सकृयताको सराहना गर्नुका साथै कार्यशालाले संकट व्यवस्थापनका लागि आम नागरिकमा जनचेतना जगाउन र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।
उक्त कार्यशालामा महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु, जिल्ला/नगर तथा वस्तुगत उद्योग वाणिज्य संघका पदाधिकारी/प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी निकायका वरिष्ठ अधिकृतहरु, संकट व्यवस्थापन विज्ञहरु, नागरिक समाज एवं पत्रकारको सहभागिता रहेको छ ।