»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वार्ताद्वारा मसस्या समाधान गरी पूर्वमा तत्काल यातायात सुचारु राख्न महासंघद्वारा जोडदार आग्रह (२०६५/४/३१)


डांका समूहले गोली हानी सवारी चालक कृष्ण खवासको हत्या गरेको विरोधमा विगत एक सातादेखि पूर्वका मेची, कोशी, सगरमाथा र जनकपुर समेत चार अञ्चलमा गरिएको अनिश्चितकालिन बन्दका कारण जनजीवन कष्टकर बन्दै गएकोमा नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त गम्भीर एवं चिन्तित भएको छ ।

उक्त घटनाको विरोधमा उत्रिएका यातायात मजदूर एवं व्यवसायिद्वारा प्रारम्भ गरिएको आन्दोलन समयमै सम्बोधन हुन नसक्दा आन्दोलन अझै लम्बिने तथा देशव्यापि रुप लिने संकेत समेत देखिनु अत्यन्तै दुःखदायि कुरा हो ।

देश लामो समयदेखि राजनीतिक अस्थिरता, अशान्ति र असुरक्षाबाट पिल्सिरहेको र लामो समयको प्रतिक्षा एवं प्रयाशपछि नयाँ सरकार गठन हुन लागेको तथा यसबाट निर्धारित समयमानै नयाँ संविधान निर्माणमा महत्वपूर्ण सघाउ पुग्नुका साथै देशमा अशान्ति, असुरक्षा र राजनीतिक अस्थिरताको अन्त भई आर्थिक एजेण्डा सहितको आर्थिक क्रान्तिले गति लिने विश्वास गरिएको अवस्थामा तत्काल वार्ताद्वारा समस्या समाधान गरी यातायात सुचारु सञ्चालनको व्यवस्था मिलाउन महासंघ नेपाल सरकार र सम्बन्धित आन्दोलनकारी पक्ष बीच जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.