»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















चिया उद्योगका समस्या तत्काल समाधानका लागि अनुकूल वातावरण तयार गर्न महासंघको आग्रह (२०६५/५/१)


नेपाल चिया विकास निगमसंग २०६३ भदौ १० गते चिया मजदुर र सरकार बीच भएको सम्झौताको कार्यान्वयनको माग राख्दै विगत दुईसातादेखि आन्दोलनमा रहेका इलामको कन्याम चिया बगानमा कार्यरत मजदुरहरुले धर्ना कार्यक्रम स्थगित गरि कारखाना आफ्नो नियन्त्रणमा लिएर गत साउन ३२ गते देखि जबरजस्ती कारखाना संचालन गर्ने तथा हरियोपत्ति टिप्ने काम शुरु गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त गम्भिर भएको छ । महासंघ यस्ता कार्यको निन्दा समेत गर्दछ ।

व्यवस्थापन पक्षलाई पूर्णत वेवास्ता गरि कारखानालाई आफ्नो नियन्त्रणमा लिएर कारखाना संचालन गर्ने तथा हरियोपत्ति टिप्ने कार्य अत्यन्त आपत्तिजनक एवं गैर कानूनी क्रियाकलाप हो भन्ने महासंघको धारणा रहेको छ । अतः यस किसिमको गैर कानूनी क्रियाकलापलाई तुरुन्त रोकी व्यवस्थापन पक्ष कानून सम्मत तथा शान्तिपूर्ण वार्ताद्वारा विवादको समाधान गर्न तत्पर रहेको हुंदा यसका लागि अनुकूल वातावरण बनाउने प्रयास एवं पहल हुन समेत महासंघ नेपाल सरकार तथा सम्बन्धित टे्रड यूनियनसंग हार्दिक आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.