गत सोमवार सप्तकोशी नदीको बांध फुटि सयौं मानिस बगेको, हजारौं जोखिममा परेको र एक लाख मानिस प्रभावित हुनुको साथै ठूलो जनधनको क्षति भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गर्दै यस प्रकारको विपत्तिमा परेकाहरुको राहत एवं उद्दारका लागि सहयोग गर्न महासंघ आफ्ना सम्पर्ूण्ा सदस्य संघ/संस्था एवं उद्योगी व्यवसायिहरुका अतिरिक्त इच्छुक सबैसंग हार्दिक अपिल गर्दछ ।
सो प्रयोजनका लागि महासंघद्वारा एभिन्यूज टेलिभिजन प्रा.लि.संगको सहभागितामा FNCCI-Avenues TV-Koshi Flood Relief Fund को नामले नेपाल इन्भेष्टमेन्ट बैंक लि. मा खोलिएको बचत खाता नं. ००१५९१०२४० मा राहत रकम जम्मा गरी विपत्तिमा परेका मानिसहरुको उद्दारका लागि सहयोग पुर्ΕΎयाउनु हुन समेत महासंघ सबैमा हार्दिक अनुरोध गर्दछ ।