»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको टोलीद्वारा वाढी प्रभावित क्षेत्रको निरीक्षणका साथै आवश्यकताको पहिचान एवं मूल्याङ्कन (२०६५/५/८)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सप्तकोशी नदीको बांध फुटी प्रभावित क्षेत्रको आज निरीक्षण एवं अध्ययन अवलोकन गरी महासंघका सदस्य उद्योग वाणिज्य संघहरुद्वारा वाढी पीडितहरुको उद्धारका लागि सञ्चालित शीविरबाट आफू निकै प्रभावित भएको उल्लेख गर्नु हुदै सहयोग एवं उद्धार कार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

महासंघका अध्यक्ष जोशी र उपाध्यक्ष एवं नेउवामहासंघ-दैवि प्रकोप उद्धार कार्यदलका प्रवक्ता तथा मूल्याङ्कन टोलीका संयोजक भाष्करराज राजकणिर्कार सहितको टोलीले आज गरेको बाढी प्रभावित सबै क्षेत्रको हवाई निरीक्षण तथा अध्ययन अवलोकनका साथै आवश्यक सहयोगको पहिचान एवं मूल्याङ्कनपछि उहांले उक्त कुरामा जोड दिनु भएको हो ।

नेपाली सेनाको सहयोगमा प्राप्त हेलिकप्टरबाट गरिएको उक्त हवाइ निरीक्षण अवलोकनमा पृतनापति राम बहादुर गुरुङ्ग, महासंघका समिति सभापति एवं उक्त कार्यदलका सदस्यहरु, डि.बी. बस्नेत, लोक विक्रम थापा र प्रदीपमान बैद्य समेत हुनु हुन्थ्यो ।

उक्त टोलीले सुनसरीको भण्टावारी सीविरमा रहेका बाढी पीडितहरुलाई महासंघद्वारा संकलित राहत सामग्री वितरण गर्नुका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी एवं मोरङ्ग व्यापार संघका अध्यक्ष महेश कुमार जाजु, उद्योग संगठन मोरङ्गका अध्यक्ष दिनेश गोल्छा, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष अशोक ताम्राकार, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष सुकदेव मेहता र धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष लालचन्द गोंग्वा समेतको सहभागितामा सुनसरीमा आयोजित बैठकमा सप्तकोशीले गरेको कटान, प्रभावित क्षेत्र, तत्काल आवश्यक राहत, मूल्याङ्कन एवं आवश्यक व्यवस्था, पुनर्निर्माण जस्ता विविध पक्षमा छलफल गर्ΕΎयो ।

सो टोलीले मोरङ्ग व्यापार संघ, उद्योग संगठन मोरङ्ग, उद्योग वाणिज्य संघ सुनसरी, इनरुवा, इटहरी लगायतले सञ्चालन गरेका वाढी पीडित उद्धार शीविरहरुको निरीक्षण समेत गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.