»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















ट्रक आलोपालो व्यवस्था कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी (२०६५/५/९)


सर्वोच्च अदालतले सेती महाकाली ट्रक व्यवसायी संघको विधानको दफा ३(१) बमोजिम आलोपालो व्यवस्था अहिले कार्यान्वयन नगर्नु नगराउनु भनि जिल्ला प्रशासन कार्यालय कैलाली र सेती महाकाली ट्रक व्यवसायि संघको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधिश राम प्रसाद श्रेष्ठ र राम कुमार प्रसाद शाहको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो ।

सार्वजनिक परिवहन साधन (ट्रक) प्रतिस्पर्धाको आधारमानै चल्नु चलाउनु पर्ने प्रचलित कानूनको व्यवस्था विपरित ट्रक तथा ट्याङ्कर व्यवसायीहरुका संघ, महासंघहरुले चक्र प्रणाली (Syndicate System), क्यू प्रणाली (Que System), डायल प्रणाली (Dial System) वा आलोपालो प्रणाली चलाई आएकोले व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा प्रतिकूल असर पुर्ΕΎयाएकोले विपक्षीका नाममा नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७(२) बमोजिम उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउं भनि नेपाल उद्योग वाणिज्य महासंघ र कैलाली उद्योग वाणिज्य संघले गत साउन २४ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.