»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघले नेपाली सेनाको सहयोगमा बाढी पीडितहरुलाई प्रभावकारी रुपमा राहत सहयोग उपलव्ध गराउने (२०६५/५/१२)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा गठित दैवि प्रकोप उद्दार कार्यदलद्वारा एभिन्यूज टेलिभिजन प्रा.लि. को सहभागितामा संकलित राहत सहयोग एवं सामग्री नेपाली सेनाको सहयोगमा सप्तकोशी वाढी पीडितलाई कसरी प्रभावकारी रुपमा उपलव्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा महासंघ र नेपाली सेनाका पदाधिकारीहरु बीच आज काठमाडौंमा भएको बैठकले आपसी समन्वयमा सो राहत वितरण गर्ने / गराउने तय गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष्ँ सुरज बैद्य एवं नेउवामहासंघ-दैवी प्रकोप उद्दार कार्यदलका संयोजक सुरज बैद्य तथा महासंघका उपाध्यक्ष्ँ एवं कार्यदलका प्रवक्ता एवं मूल्याङ्कन टोलीका संयोजक भाष्करराज राजकणिर्कारको सहभागितामा आयोजित उक्त बैठकमा नेपाली सेनाका तर्फबाट ब्रिगेडियर जनरल केशवराज महत, लेफि्टनेन्ट जनरल अम्मर पन्त तथा मेजर नेत्र बहादुर थापा हुनुहुन्थ्यो

नेउवामहासंघको सामाजिक सेवा समितिका सभापति एवं दैवी प्रकोप उद्दार कार्यदलका सदस्य लोक विक्रम थापा तथा कार्यकारिणी समिति सदस्य प्रकाश बहादुर साउदको पनि उक्त बैठकमा सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.