»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा विधान संशोधन कार्यदल विस्तार (२०६५/५/१३)


नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधान (पांचौ संशोधन) मा समसामयिक संशोधन गर्ने गरी मस्यौदा तयार गर्न भूतपूर्व अध्यक्ष आनन्दराज मुल्मीको संयोजकत्वमा गठित विधान संशोधन कार्यदललाई पूर्णता दिइएको छ ।

विस्तारित कार्यदलका सदस्यहरुमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, पूर्व उपाध्यक्ष चिरञ्जीवी निधि तिवारी, महासंघको कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, लंकमान रोका (अध्यक्ष, डोल्पा उवासंघका), ध्रुवनारायण श्रेष्ठ (अध्यक्ष, नेपाल ट्राभल्स एण्ड टुसं एसोसिएसनका) र निरक के.सी. (निवर्तमान अध्यक्ष, सुर्खेत उवासंघका), महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरु ज्ञानेन्द्रलाल कसजु (पूर्व अध्यक्ष, उद्योग वाणिज्य संघ बुटवलका) र अखिल कुमार चापागाईं (अखिल ट्रेडिङ कम्पनी), वीरगंज उवासंघका अध्यक्ष गणेशप्रसाद लाठ, लहान उवासंघका अध्यक्ष निरस चौधरी, बैतडी उवासंघका अध्यक्ष नरबहादुर चन्द र महिला उद्यमी महासंघ नेपालका अध्यक्ष श्रीमती प्रमिला रिजाल हुनुहुन्छ ।

महासंघको गत जेष्ठ ३१ गते पोखरामा सम्पन्न विशेष साधारण सभाले महासंघको विधान संशोधन गर्न पूर्व अध्यक्ष मूल्मीको संयोजकत्वमा सो कार्यदल गठन गर्ने निर्णय गरेको थियो । साथै उक्त कार्यदलले महासंघका सवै सदस्यहरुबाट सुझाव संकलन गरि मस्यौदा विधान संशोधन तयार गरि आगामी वाषिर्क साधारण सभामा पेश गर्ने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.