»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बीरगंज औद्योगिक कोरिडोरको घटना प्रति दुःख व्यक्त गर्दै उद्योग व्यवसाय सुचारु संचालनमा सहयोग गर्न महासंघद्वारा आग्रह (२०६५/५/१३)


बारा-पर्सा ओद्योगिक कोरिडोरमा संचालित उद्योगमा मजदूरहरुले विभिन्न माग राखी उद्योगको ढोकामा धर्ना दिनुका साथै राजमार्गमा चक्का जाम गरेका कारण हुन गएको सडक अवरोधलाई प्रहरीद्वारा हटाउने क्रममा प्रहरी र मजदूर बीच भएको झडपबाट उत्पन्न स्थिति प्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त गम्भिर एवं चिन्तत भएको छ र यस घटना प्रति महासंघ गहिरो दुःख गर्दछ ।

देशमा भरखरैमात्र राजनीतिक परिवर्तनले संस्थागत रुप लिएको वर्तमान अवस्थामा व्यवस्थापन र मजदूर बीच सौहार्दपूर्ण सम्बन्ध कायम सहित अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजना गरी आ-आफ्नो पेशा व्यवसायलाई निरन्तर रुपमा संचालन गर्न सकेमा दुवै पक्ष र अन्ततः देश र जनतालाई समेत लाभ पुग्ने हुंदा वार्ताद्वारा समस्याको समाधान गरी उद्योग व्यवसाय सुचारु संचालनमा सहयोग पुर्ΕΎयाउन र वर्तमान अवस्थामा उद्योगले धान्नै नसक्ने खालका मागहरु नराख्न समेत महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.