गण्डक-पथलैया औद्योगिक कोरिडोरमा यही भाद्र १२ गते विभिन्न ट्रेड युनियनहरुसंग आवद्ध श्रमिकहरु तथा प्रहरी बीच राजमार्ग सुचारु गर्ने सर्न्दर्भमा भएको विवाद र तत्पश्चातको घटनाबाट भएको मानवीय क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ उक्त घटना प्रति गहिरो दुःख गर्दछ । साथै महासंघ शान्ति सुरक्षामा अहोरात्र खटिएको सुरक्षा निकायबाट सुरक्षा सम्बन्धी जिम्मेवारी निर्वाह गर्ने क्रममा संयमता अपनाउन आग्रह समेत गर्दछ ।
जुनसुकै समस्याको समाधान वार्ताको माध्यमबाट हुनुपर्नेमा महासंघ दृढ छ र योनै हाम्रो मूलनीति पनि हो । औद्योगिक क्षेत्रमा विगतमा उत्पन्न जस्तो सुकै समस्याको समाधान पनि वार्ताका माध्यमबाट भएका पर्याप्त नजिरहरु हामीसंग छन् । वार्ताको माध्यमबाट आफ्ना मागहरु व्यवस्थापन पक्ष समक्ष नराखी एकैपटक औद्योगिक प्रतिष्ठानहरुमा जवरजस्ती तालावन्दी सहित हुलहुज्जत गरी दवाव दिनु कुनै पनि हालतमा तर्कसंगत र न्यायोचित हुदैन भन्ने महासंघको ठहर छ । औद्योगिक करिडोरमा कामदार पक्षबाट मागहरु पुरा गर्ने क्रममा पछिल्लो पटक भएका गतिविध्रि्रति महासंघ अत्यन्त चिन्तित छ । औद्योगिक क्षेत्रलाईनै हानी नोक्सानी र भौतिक क्षति पुर्žयाउने त्यस्ता गतिविधि तत्काल रोक्न महासंघ सम्बन्धित सवैमा आग्रह समेत गर्दछ ।
लामो समयसम्म उद्योग प्रतिष्ठान संचालन हुन नसक्दा त्यसबाट हुने सबै प्रकारको नोक्सानी एवं क्षत्रि्रति गम्भिर र संवेदनशील बन्दै विरोधका सबै कार्यक्रम यथाशीघ्र फिर्ता लिई उद्योग प्रतिष्ठान संचालन गर्ने कार्यमा सहयोग पुर्žयाउन महासंघ अनुरोध गर्दछ । औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने विगतदेखिको हाम्रो माग यथावतनै छ । औद्योगिक करिडोरमा अराजकता र असुरक्षाको वातावरण रहेसम्म उद्योग प्रतिष्ठान संचालन हुन नसक्ने यथार्थतालाई मनन गर्दै त्यस क्षेत्रमा तत्काल शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सहित समस्या समाधानका लागि उचित वातावरण बनाउने कार्यमा विना कुनै विलम्व सहयोग गर्न महासंघ नेपाल सरकार एवं ट्रेड यूनियनहरुसंग जोडदार माग गर्दछ ।