»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष जोशीद्वारा बाढी पीडित क्षेत्रको निरीक्षण तथा बैकल्पिक मार्ग शीघ्र निर्माण हुनु पर्नेमा जोड (२०६५/५/१९)


उपप्रधान तथा गृह मन्त्री बामदेव गौतमका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सप्तकोशी बाढी पीडित क्षेत्र लगायत कोशी ब्यारेज एवं चतरा नगरको गत मंगलवार (भदौ १७ गते) निरीक्षण भ्रमण गर्नु भयो ।

सुनसरी क्षेत्र नं. ६ का सांसद, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकहरु एवं भौतिक योजना तथा निर्माण मन्त्रालयका वरिष्ठ अधिकृत समेत रहनु भएको उक्त टोलीले क्षत्रि्रस्त राजमार्गको सट्टा हाल बैकल्पिक मार्गको रुपमा चतराबाट फेरि प्रयोग गरी बाटो सञ्चालन गर्न सकिने/नसकिने सम्बन्धमा सम्भाव्यता अध्ययन एवं सर्वपक्षीय छलफल गरेको थियो ।

यस क्रममा चतरा हुंदै सप्तकोशीमा फेरि राखेर गाडि तथा सामान तार्ने र उदयपुरमा १२-१३ किलोमिटर बाटो निर्माण गरी यातायात सुचारु सञ्चालन गर्न सकिने सम्भावना पहिल्याईएको छ ।

सोही क्रममा अध्यक्ष जोशीले स्थानीय प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सुरक्षा निकाय एवं उद्योगी व्यवसायी समेतको सहभागितामा विराटनगरमा आयोजित भेलालाई सम्बोधन गर्नु हुंदै उद्योग व्यवसाय पूर्ववत रुपमा छिट्टै सञ्चालनका लागि उक्त बैकल्पिक मार्ग शिघ्रताका साथ निर्माण गर्नु पर्ने र सो कार्यमा महासंघले पूर्वाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघहरुसंग मिलेर कायम गर्ने तथा बाढीका कारण प्रभावित हुन पुगेका उद्योग व्यवसायका लागि राहतको प्याकेज आउनु पर्ने बताउनु भयो ।

साथै उहांले बाढी पीडितहरुको उद्दार एवं पुनर्स्थापनाका लागि महासंघले सबै पक्षको सहभागितामा दैवि प्रकोप उद्दार कार्यदल गठन गरी उद्दार कार्यलाई अघि बर्ढाई रहेको र सोही क्रममा संकलित सहयोग रकम र महासंघबाट समेत गरी रु. १० लाख प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा जम्मा भई सकेको तथा सो क्रम जारिनै रहेको उल्लेख गर्नु हुंदै विभिन्न टोली गठन गरी आवश्यकताको पहिचान एवं मूल्याङ्कन, खाद्यान्न तथा लत्ता कपडा वितरण तथा औषधोपचारको व्यवस्था समेत हुंदै गरेको जानकारी दिनु भयो ।

यसैगरी उहांले गृह मन्त्रालयद्वारा गठित समितिमा महासंघको प्रतिनिधित्व भएमा महासंघले सो अर्न्तर्गतको राहत वितरणमा समेत संलग्न हुन तयार रहेको उल्लेख गर्नु हुंदै बाढी पीडितहरुको पुनर्स्थापनमा सहयोगका लागि रोटरी इन्टरनेशनलबाट प्राप्त शेल्टर बक्सहरु स्थानीय जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विकास समिति मार्फत वितरण गर्ने कार्यक्रम रहेको समेत अवगत गराउनु भयो ।

उक्त कार्यक्रममा सभासद मोती दुगड, मोरङ्गका प्र.जि.अ. माधव प्रसाद रेग्मी, उद्योग संगठन मोरङ्गका अध्यक्ष दिनेश गोल्छा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष्ँ अशोक ताम्राकार, मोरङ्ग व्यापार संघका वरिष्ठ उपाध्यक्ष तुल्सीराम अग्रवाल, विराट व्यापार संघका अध्यक्ष धु्रव दाहाल लगायतका वक्ताले आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.