संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकारका तर्फबाट राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा व्यवस्थापिका संसदमा प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०६५।६६ को सरकारको नीति तथा कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा हिजो भक्तपुरमा बसेको कार्यकारिणी समितिको चौथो बैठकले सकारात्मक रुपमा लिंदै सराहना गरेको छ ।
बैठकले महासंघले दिएका सल्लाह सुझावलाई समेटेकोमा प्रशन्नता व्यक्त गर्दै यद्यपि ती नीति तथा कार्यक्रमको ठोस रुपमा कार्यान्वयन भएमा मात्र विकासले गति लिनुको साथै आर्थिक सामाजिक रुपान्तरणमा सघाउ पुग्ने धारणा व्यक्त गरेको छ ।
साथै उक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा यही भदौ २९ गते देखि हुने मित्र राष्ट्र भारतको भ्रमणलाई उपलव्धिमूलक एवं सफल बनाउन निजी क्षेत्रबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
कोशी वाढी पीडितको उद्दार एवं राहतका साथै सो बाढीका कारण उद्योग व्यवसायमा पर्न गएका समस्या लगायत समसामयिक बिषयमा छलफल भएको उक्त बैठकले परिषद् एवं समिति सभापति तथा फोरम संयोजकहरुबाट प्रस्तुत प्रतिवेदन तथा महानिर्देशकको प्रतिवेदनलाई अनुमोदन गर्ΕΎयो ।
सो बैठकले जाजरकोट उद्योग वाणिज्य संघ सहित १५ वटा विभिन्न संघ/संस्थालाई महासंघको सदस्यता प्रदान गर्ने निर्णय समेत गरेको छ । अव महासंघको सदस्यता प्राप्त गर्ने जिल्ला उवासंघहरु पचहत्तरै जिल्लामा विस्तार भएको छ ।
महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकालले सदस्यता समितिको सिफारिश अनुसार नयां सदस्यताका लागि प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार बैठकले सो निर्णय गरेको हो ।
अव देशका ७५ जिल्लामा महासंघको साधारण सदस्य अर्न्तर्गत जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरुको संख्या ९२ पुगेको छ ।
नयां सदस्यता प्राप्त गर्ने संघ/संस्थाहरु यस प्रकार छन् ।
क) जिल्ला उवासंघ सदस्यताः
१. जाजरकोट उद्योग वाणिज्य संघ, जाजरकोट
ख) बस्तुगत सदस्यः
१. नेपाल हाते कागज संघ
२. नेपाल उभन फेब्रिक तथा स्याक्स् उत्पादक संघ
ग) एशोसिएट सदस्यः
१. दुगड स्पाइसेस एण्ड फुड प्रोडक्ट (प्रा).लि.
२. स्वस्तिक रोजिन एडं र्टर्पेन्टाइनर् इ.प्रा.लि.
३. नवीन डिस्ट्रीव्यूटर्स प्रा.लि.
४. सुबिसु केवलनेट प्रा.लि.
५. जगदम्वा रोटो प्याकेजिङ्ग प्रा.लि.
६. स्रि्रदी ट्रेडिङ्ग प्रा.लि.
७. अल्टरनेटिभ प्रोफाइल कं.प्रा.ली
८. रोल्पा कार्पेर्टर् इण्डष्ट्रिज प्रा.लि.
९. डेभलपमेन्ट क्रेडिट बैंक लिमिटेड
१०. श्यामबाबा इन्टरप्राइजेज
११. हिमालयन न्याचुरल स्प्रिङवाटर प्रा.लि.
१२. विशाल प्लाष्टोक्याबर् इ. प्रा.लि.
साथै उक्त बैठकले महासंघको विधानको दफा ११ को उपदफा ११.१ बमोजिम महासंघका भूतपूर्व अध्यक्ष बिनोद बहादुर श्रेष्ठलाई वर्तमान कार्यकारिणी समितिको कार्यावधिसम्मका लागि विशिष्ट सदस्यता (Distinguished Member) प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष जोशीले विगत कार्यकारिणी समितिको बैठक पश्चातका गतिविधि सम्बन्धमा प्रकाश पार्नु हुंदै महासंघका सुझावहरुलाई सरकारबाट कार्यान्वयन गराउन र निजी क्षेत्रका समस्या समाधान गर्न महासंघ क्रियाशील रहेको बताउनु हुंदै सो बैठक भक्तपुरमा आयोजना गर्न आतिथ्यता प्रदान गरेकोमा भक्तपुर उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
बैठकमा महासंघका भूतपूर्व अध्यक्ष एवं अनुशासन समितिका सभापति रविभक्त श्रेष्ठले आफुले महासंघद्वारा लागू गरिएको व्यवसायिक आचार संहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले जिल्लाका औद्योगिक व्यवसायिक गतिविध र समस्या, उपाध्यक्ष भाष्करराज राजकणिर्कारले बस्तुगत क्षेत्रका समस्या तथा नेउवामहासंघ-दैवि प्रकोप उद्दार कार्यदलको हालसम्म बस्तुस्थिति एवं उपाध्यक्ष प्रदीपजंग पाण्डेले महासंघको आ.व. २०६५।६६ को बजेट प्रस्तुत गर्नु भएको थियो ।
बैठकमा सहभागी सदस्यहरुले आ-आफ्ना राष्ट्रिय तथा क्षेत्रीय बिषयका साथै उद्योग व्यवसायका समसामयिक समस्या वारे प्रकाश पार्नु भएको थियो ।
सो बैठक पूर्व आयोजित कार्यक्रममा महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको स्वागत गर्नु हुंदै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष विवेकमान कर्माचार्यले बदलिंदो राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको अहंम भूमिका हुनु पर्नेमा जोड दिनु भयो ।