सप्तकोशी बाढी पिडीतहरुको सहयोगको लागि नेपाल पश्मिना उद्योग संघले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत प्रभावित क्षेत्रमा वितरणका लागि महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारलाई महासंघ सचिवालयमा आज आयोजित एक कार्यक्रम बीच रु. ४७,०५५/- (सत्चालीस हजार पचपन्न रुपैयां) नगद तथा केही लत्ता कपडा हस्तान्तरण गरेको छ ।
संघका उपाध्यक्ष पुष्पमान श्रेष्ठको नेतृत्वमा आएको संघका पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमण्डलले उक्त सहयोग हस्तान्तरण गरेको हो ।
राहत हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष राजकणिर्कारले संघले उपलव्ध गराएको नगद सहयोगलाई "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष" मार्फ पीडित क्षेत्रमा दीर्घकालिन संरचना तयारमा खर्च गरिने जानकारी गराउंदै प्राप्त सहयोगलाई यथाशीघ्र बाढी प्रभावित क्षेत्रमा पुर्ΕΎयाइने विश्वास दिलाउनु भयो ।
महासंघको स्थानीय आर्थिक विकास समितिका सभापति किशोर प्रधानको पनि उपस्थिति रहेको सो अवसरमा पश्मिना संघका उपाध्यक्ष श्रेष्ठले कोशी पिडीतहरुका लागि संघको तर्फबाट उपलव्ध गर्राईएको सानो नगद सहयोगबाट थोरै भएपनि राहत पुग्ने विश्वास प्रकट गर्नुभयो ।