प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा भारत भ्रमणमा गएको महासंघको प्रतिनिधिमण्डलले आज भारतका अर्थ मन्त्री डा.पी. चिदाम्बरम (Dr. P. Chidambaram) संग नयाँ दिल्लीमा शिष्टाचार भेट गर्žयो ।
भेटघाटमा महासंघको प्रतिनिधिमण्डलले विभिन्न समस्याका कारण निर्यातमा ह्रास आउनुको साथै भारतसंगको नेपालको व्यापार घाटा वर्षेनी बढ्दै गएकोले विद्यमान समस्या समाधानका साथै नेपालमा भारतीय लगानीलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।
साथै केही महत्वपूर्ण नेपाली बस्तु माथि भारतले हाल लगाएको १५ प्रतिशत भन्सार महशूलका साथै ४ प्रतिशत अतिरिक्त भन्सार महशूल हर्टाईनु पर्ने, तयारी पोशाकको निर्यातमा एमआरपी (MRP) को आधारमा काउण्टर भ्यालिङ्ग ड्यूटि लगाउन नहुने, क्वारेन्टाइन, खाद्य परीक्षण तथा प्रमाणिकरण एवं यातायात तथा पारवहन क्षेत्रमा देखा परेका समस्या समेत शीघ्र समाधानका लागि आग्रह गर्žयो ।
उक्त भेटघाटमा महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष भाष्करराज राजकणिर्कार तथा प्रदीपजंग पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग परिसंघका अध्यक्ष बिनोद कुमार चौधरी, नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार चौधरी, महासंघका पूर्व उपाध्यक्ष दिवाकर गोल्छा लगायत महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता थियो ।
त्यसैगरी भारत सरकारका पर्यटन मन्त्री अम्बिका सोनीसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आजै नया“ दिल्लीमा शिष्टाचार भेट गर्žयो ।
महासंघको प्रतिनिधिमण्डलले उक्त भेटघाटमा दुई छिमेकी मुलुक बीचको एतिहासिक लगायत उस्तै प्रकारको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सम्बन्धका कारण समेत पर्यटन प्रबर्द्धनको प्रसस्त सम्भावना रहनुका साथै एक अर्का देश भएर आउने तेश्रो मुलुकका पर्यटनहरु आकषिर्त गरी दुवै मुलुकको पर्यटन प्रबर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने हुंदा आपसी सर्म्पर्कका लागि पर्यटन (Tourism for Connectivity) आधारमा दुवै देशका सरकारले नीति तथा कार्यक्रम तय गरी निजी क्षेत्र समेतको सहभागितामा कार्यान्वयन गर्नु पर्ने सुझाव दिएको छ ।
उक्त भेटघाटमा महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष भाष्करराज राजकणिर्कार तथा प्रदीपजंग पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार चौधरी, महासंघका पूर्व उपाध्यक्ष दिवाकर गोल्छा एवं प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको सहभागिता थियो ।