मुलुकमा आएको परिवर्तनसंगै स्थानीय आर्थिक-व्यवसायिक विकासको नेतृत्व उद्योग वाणिज्य संघहरुले लिनुपर्ने धारणा व्यक्त गरिएको छ । स्थानीय स्रोतको अधिकतम परिचालन मार्फ स्थानीय तहमा उद्यमशीलता विकास सहित जनताको जीवनस्तर सुधारमा उद्योग वाणिज्य संघहरुको भूमिका प्रभावकारी हुने भएकाले सबै सरोकारवालाहरुलाई विश्वासमा लिएर स्थानीय क्षेत्रको विकासमा संघहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने खांचो औल्याइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा चेम्वर अध्ययन भ्रमणका क्रममा महासंघमा आएको लमजुङ उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको उद्यमशीलता विकासमा उद्योग वाणिज्य संघहरुको भूमिका विषयक छलफल कार्यक्रममा उक्त धारणा व्यक्त गरिएको हो ।
स्थानीय तहमा उद्यमशीलता विकास, स्थानीय आर्थिक-व्यवसायिक विकासमा र्सार्वजनिक-निजी साझेदारीको अवधारणा, चेम्वर ल, लमजुङ जिल्लाको आर्थिक तथा व्यवसायिक विकासका लागि संघले अघि सारेको पर्यटन, जलविद्युत, जडीवूटी तथा व्यावसायिक कृषि लगायतका विषयमा केन्द्रीत भएको उक्त छलफल कार्यक्रममा स्थानीय आर्थिक विकासमा उद्योग वाणिज्य संघ तथा स्थानीय निकायहरु बीच सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । स्थानीय स्रोत परिचालन मार्फ उद्यमशीलता विकास हुन सकेमा संघहरुको आर्थिक स्रोतलाई पनि दीगो बनाउन सकिने धारणा पनि सो अवसरमा राखिएको थियो ।
छलफल कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष (जिल्ला/नगर उवासंघ समूह) कृष्ण प्रसाद ताम्राकारले पर्यटन विकासका लागि पर्याप्त सम्भाव्यता वोकेको लमजुङ जिल्लाको आर्थिक-व्यवसायिक विकासका लागि संघले किटान गरेका पर्यटन, जलविद्युत, व्यवसायिक कृषि तथा जडीवूटीको विकासका लागि यथोचित कार्यक्रम मार्फ अघि बढ्न सुझाव दिंदै यसका लागि महासंघले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । उपाध्यक्ष ताम्राकारले पर्यटन विकासका लागि संघले अघि सारेको कार्यक्रमलाई नेपाल पर्यटन वोर्डको कार्यक्रम अन्तरगत लैजान सकिने धारणा पनि राख्नु भयो ।
उपाध्यक्ष ताम्राकारले स्थानीय क्षेत्रमा रहेको साधन स्रोतको अधिकतम परिचालन गरि त्यसैमा आधारित उद्यमशीलतालाई बढावा दिंदै जानुपर्ने खांचो औल्याउंनु भयो । र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अन्तगत स्थानीय आर्थिक विकासमा उद्योग वाणिज्य संघहरुको अगुवाईमा स्थानीय निकायसंग सहकार्य गरेर जानुपर्ने सुझाव उहांको थियो । उपाध्यक्ष ताम्राकारले महासंघले निकै अघिदेखि उठाउंदै आएको चेम्वर ल को विषयमा सबै सदस्यहरुको राय सुझाव लिएर अघि बढ्ने पनि स्पष्ट पार्नुभयो ।
उहांले मेला/महोत्सवको आयोजना पनि उद्योग वाणिज्य संघहरुको महत्वपूर्ण आयश्रोत हुंदै आएकाले लमजुङले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनु भयो । उपाध्यक्ष ताम्राकारले महासंघले सरकार समेतको सहयोगमा विभिन्न जिल्लामा कोशेली घर स्थापना गर्ने तथा संघहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरुको आयोजना गर्ने पनि जानकारी गराउनु भयो । साथै उहांले स्थानीय स्रोत परिचालन गरि संघहरुले आफूलाई दीगो र सक्षम वनाउनु पर्ने वेला आएको पनि वताउनु भयो ।
महासंघका समिति सभापति डी वी बस्नेत, लोक विक्रम थापा, सह-सभापति अम्मरराज आचार्य, कार्यकारिणी समिति सदस्य प्रकाशबहादुर सावदले भ्रमणबाट प्राप्त उपलव्धीलाई संस्थाको विकासमा लागू गर्नुपर्ने, स्थानीय तहमा घरेलु तथा लघु उद्यम प्रवर्द्धनमा संघहरुले आफूलाई अधिकतम केन्द्रीत गर्नुपर्ने, संघ र स्थानीय निकाय बीच आपसी सहकार्यमा कार्यक्रमहरु विस्तार गर्नुपर्ने, गाउं ठाउंकै स्रोत परिचालन मार्फ आयआर्जन बढाउन संघहरु बढी सक्रिय हुनुपर्ने लगायतका सुझावहरु राख्नु भएको थियो ।
पोखरा उद्योग वाणिज्य संघ र एचडव्लूके माइन्ज जर्मनीको सहयोगमा संघहरु बीचको आपसी सम्वन्ध प्रगाढ तुल्याउदैं अनुभवहरु आदान प्रदान गर्ने उद्देश्यले विभिन्न उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन गर्ने क्रममा महासंघमा आएको सो प्रतिनिधिमण्डलका नेता एवं लमजुङ उवासंघका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले जलविद्युत, पर्यटन, व्यवसायिक कृषि तथा जडीवूटीको विकासलाई मुख्य केन्द्रविन्दूमा राखेर जिल्लाको आर्थिक व्यवसायिक विकासलाई अघि बढाउने सोंच अनुसार संघ अघि बढेको र भ्रमण कार्यक्रम यस दिशामा निकै उपयोगी हुने विश्वास प्रकट गर्नुभयो । साथै उहांले संघले आगामी दिनमा लमजुङको पर्यटन विकासका लागि वृहत्तर गुरुयोजना तयार गर्ने, कृषि विकासका लागि तरकारी संकलन केन्द्र स्थापना, लघु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रवर्द्धनका लागि कोशेली घरको स्थापना, सूचना केन्द्र संचालन गर्ने लक्ष लिएको र यसमा महासंघका तर्फाट सहयोगको अपेक्षा गरेको पनि वताउनु भयो ।