नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा निजी क्षेत्रको एक व्यापारिक प्रतिनिधिण्डल आज न्यूयोर्क प्रस्थान गरेको छ ।
संयुक्त राष्ट्र संघको ६३ औं अधिवेशनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा आजै न्यूयोर्क गएको प्रतिनिधिमण्डल (Entorage) मा अध्यक्ष जोशी प्रधानमन्त्रीको सल्लाहकारको रुपमा सम्मिलित हुनु भएको छ ।
निजी क्षेत्रको तर्फबाट गएको उक्त प्रतिनिधिमडलमा सम्मिलिन हुनु हुने अन्य उद्योगी व्यवसायीहरुमा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष र उपाध्यक्ष क्रमशः प्रशान्त पोखरेल र उदयराज पाण्डे, नेउवामहासंघका हाइड्रोपावर फोरम र निकासी प्रबर्द्धन फोरमका संयोजक क्रमशः ज्ञानेन्द्र लाल प्रधान र अनुप मल्ल र ग्लोबल बैंक लि. का अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल हुनु हुन्छ ।