सुदूर पश्चिमाञ्चल क्षेत्रमा हालै परेको अविरल वषर्ाका कारण ठूलो जनधनको क्षति हुनुको साथै हजारौ जनता घरवार विहिन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गर्दै यस प्रकारको विपत्तिमा परेकाहरुको राहत एवं उद्धारका लागि महासंघले महासंघ र एभिन्यूज टेलिभिजन प्रा.लि. को सहभागितामा खोलिएको बाढी पीडित उद्दार कोषबाट रु. ५ लाख राहत सहयोग एवं ५ ट्रक खाद्य तथा लत्ता कपडा पठाउने भएको छ ।
साथै सप्त कोशी वाढी पीडितको क्रममा राहत एवं उद्दार सहयोग उपलव्ध गराए भै+m सुदूर पश्चिमाञ्चल क्षेत्रका वाढी पीडितका लागि समेत सहयोग गर्न पनि महासंघ आफ्ना सम्पूर्ण सदस्य संघ/संस्था एवं उद्योगी व्यवसायीहरुका अतिरिक्त इच्छुक सबैसंग हार्दिक आग्रह गर्दछ ।