उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यसंग नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज उद्योग मन्त्रालयमा भेट गरी उद्योग व्यवसाय क्षेत्रले भोग्नु परेका वर्तमान समस्या तथा न्यूनतम वेतनका विषयमा महासंघको सुझाव एवं अवधारणा प्रति ध्यानाकर्षण गराएको छ ।
महासंघका उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकणिर्कार र प्रदीपजंग पाण्डे, कार्यकारिणी समितिका सदस्यहरु लोक विक्रम थापा र विजय सरावगी, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष अशोक ताम्राकार र महासंघका महानिर्देशक मेघनाथ न्यौपाने सम्मिलित उक्त प्रतिनिधिमण्डलले चर्को विद्युत लोड सेडिङ, श्रम विवाद एवं बाढीका कारण पूर्वाञ्चल तथा सुदुरपश्चिमाञ्चल क्षेत्रमा औद्योगिक उत्पादनहरुको आपूर्ति एवं असुरक्षा लगायतका समस्याबाट उद्योग व्यवसाय संकटग्रस्त बन्न पुगेकाले औद्योगिक समस्या समाधानका साथै अनुकूल वातावरण निर्माणमा सरकारका तर्फाट तत्काल थालनी हुनुपर्नेमा जोड दिएको छ ।
सो अवसरमा मन्त्री शाक्यले निजी क्षेत्रका तर्फाट महासंघले उठाएका समस्यालाई गम्भीर रुपमा लिई द्रुत आर्थिक विकासका माध्यमबाट मात्र मुलुकले हासिल गरेको राजनीतिक उपलव्धिलाई संस्थागत गर्न सकिनेमा सरकार दृढ रहेकोले सोही दिशातर्फअघि बढी रहेको विश्वास समेत दिलाउनु भयो ।