कैलाली, कञ्चनपुर लगायत सुदूर पश्चिमाञ्चलका पहाडी जिल्लाहरुमा हालै आएको वाढी तथा पहिरोबाट प्रभावित व्यक्तिहरुको लागि राहत सामग्री वितरण तथा विकास निर्माण सम्बन्धी कार्य सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यको प्रमुख आतिथ्य एवं महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा र कार्यकारिणी समितिका सदस्य एवं क्षेत्रीय (महाकाली अञ्चल) प्रतिनिधि प्रकाश बहादुर साउदको उपस्थिति तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल हमालको सभापतित्वमा आज कैलाली उद्योग वाणिज्य संघ, धनगढीमा बसेको बैठकले राहत एवं उद्दार लगायत त्यस क्षेत्रमा लगानी प्रबर्द्धनका लागि विभिन्न निर्णो गरेको छ ।
बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्द, टिकापुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज रावल, कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिब कृष्ण प्रसाद पाठक लगायत अन्य पदाधिकारीहरु समेतको उपस्थितिमा आयोजित उक्त वैठकले अविरल वषर्ाका कारण कैलाली कञ्चनपुर लगायत सुदुरपश्चिमका अन्य पहाडि जिल्लाहरुमा आएको बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ र एभिन्यूज टेलिभिजन प्रा.लि. बाट प्राप्त नगद तथा जिन्सी सामग्रीहरु उपलव्ध गराउने र उक्त नगद तथा जिन्सी सामग्रीहरु वितरणका लागि महासंघका कार्यकारिणी समिति सदस्य एवं क्षेत्रीय -महाकाली अञ्चल) प्रतिनिधि प्रकाश बहादुर साउदको संयोजकत्वमा त्यस क्षेत्रका सबै उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरु सदस्य रहने गरी प्राकृतिक प्रकोप उद्धार समिति गठन गरेको छ ।
साथै उक्त वैठकले सुदुरपश्चिमाञ्चलकोे आर्थिक विकासका लागि आन्तरिक एवं वाह्य लगानी भित्र्याउन लगानीका क्षेत्रहरुको किटानी एवं सम्भावना अध्ययन सहित नेपाल सरकारलाई सुझाव प्रस्तुत गर्ने गरी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल हमालको संयोजकत्वमा त्यस क्षेत्रका सबै उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधि सदस्य रहने र यस क्षेत्रबाट महासंघमा प्रतिनिधित्व गर्नु हुने कार्यकारिणी समितिका सदस्यहरु समेत सदस्य रहने गरी लगानी पर््रबर्द्धन अध्ययन समिति गठन गरेको छ ।
यसैगरी नेउवामहासंघ र एभिन्यूज टेलिभिजन प्रा.लि. बाट पठाइएका ५ ट्रक जिन्सी सामानहरु मध्ये २ ट्रक कैलाली, २ ट्रक कञ्चनपुर र १ ट्रक पहाडी जिल्लामा पठाउने निर्ण्र्ाागर्नुको साथै वाढी तथा पहिरोबाट प्रभावितहरुका लागि प्रकृतिक प्रकोप उद्धार कोष स्थापना गर्ने र सोका लागि धनगढी स्थित नविल बैंकमा खाता खोली उक्त खाता प्राकृतिक प्रकोप उद्धार समितिका संयोजक प्रकाश बहादुर साउद र कैलाली उद्योग वाणिज्य संघका महासचिब दिनेश राज भण्डारीको संयुक्त हस्ताक्षरबाट सञ्चालन गर्ने तथा टिकापुर उद्योग वाणिज्य संघले टिकापुर नगरपालिका अर्न्तर्गत कर्णलेश्वर प्रा.वि. दौलतपुरको भवन पुनः निर्माण गरिदिने प्रतिबद्धता जाहेर गरेको सर्न्दर्भमा भवन निर्माणको लागि सहयोग उपलव्ध गराउन महासंघलाई समेत अनुरोध गर्ने निर्णयपनि उक्त वैठकले गरेको छ ।