कैलाली, कञ्चनपुर लगायत सुदूर पश्चिमाञ्चलका पहाडी जिल्लाहरुमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिहरुको राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ र एभिन्यूज टेलिभिजनद्वारा संयुक्त रुपमा उपलव्ध गराइएको नगद रु. ५,००,०००/-(पांच लाख) नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले हिजो प्राकृतिक प्रकोप उद्धार समितिका संयोजक एवं महासंघको क्षेत्रीय (महाकाली अञ्चल) प्रतिनिधि प्रकाश बहादुर साउदलाई एक समारोह बीच हस्तान्तरण गर्नुभयो ।
साथै महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यको प्रमुख आतिथ्यमा हिजै कंचनपुर उद्योग वाणिज्य संघमा बसेको बैठकले अविरल वर्षाका कारण कैलाली कञ्चनपुर लगायत सुदुरपश्चिमका अन्य पहाडि जिल्लाहरुमा आएको बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ र एभिन्यूज टेलिभिजन प्रा.लि. बाट प्राप्त नगद तथा जिन्सी सामग्रीहरु उपलव्ध गराउने र उक्त नगद तथा जिन्सी सामग्रीहरु वितरणका लागि महासंघका कार्यकारिणी समिति सदस्य एवं क्षेत्रीय (महाकाली अञ्चल) प्रतिनिधि प्रकाश बहादुर साउदको संयोजकत्वमा त्यस क्षेत्रका सबै उद्योग वाणिज्य संघका अध्यक्ष्ँ एवं प्रतिनिधिहरु सदस्य रहने गरी प्राकृतिक प्रकोप उद्धार समिति गठन गरेको थियो ।
महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा र कार्यकारिणी समितिका सदस्य एवं क्षेत्रीय (महाकाली अञ्चल) प्रतिनिधि प्रकाश बहादुर साउदको उपस्थिति तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल हमालको सभापतित्वमा धनगढीमा बसेको उक्त बैठकले राहत एवं उद्दार लगायत त्यस क्षेत्रमा लगानी पर््रबर्द्धनका लागि थप विभिन्न निर्णय समेत गरेको थियो ।
बैठकले सुदुरपश्चिमाञ्चलको आर्थिक विकासका लागि आन्तरिक एवं वाह्य लगानी भित्र्याउन लगानीका क्षेत्रहरुको किटानी एवं सम्भावना अध्ययन सहित नेपाल सरकारलाई सुझाव प्रस्तुत गर्ने गरी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल हमालको संयोजकत्वमा त्यस क्षेत्रका सबै उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधि सदस्य रहने र यस क्षेत्रबाट महासंघमा प्रतिनिधित्व गर्नु हुने कार्यकारिणी समितिका सदस्यहरु समेत सदस्य रहने गरी लगानी प्रबर्द्धन अध्ययन समिति समेत गठन गरेको छ ।