नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक मध्येको एक तथा सक्रिय सदस्य बुटवल उद्योग वाणिज्य संघले सचिवालय सुदृढिकरणको क्रममा विगत एक वर्षदेखि संघका सम्पूर्ण क्रियाकलापहरुलाई परिमार्जन गर्दै हालै अन्तर्राष्ट्रिय गुणस्तरीय व्यवस्थापन प्रणाली (ISO 9001:2000) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
महासंघले विश्वव्यापिकरण (WTO) दक्षिण एशियाली स्वतन्त्र व्यापार व्यवस्था (SAFTA) र विमस्टेक (BIMSTEC) को सर्न्दर्भमा नेपाली उत्पादन र सेवाहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्ΕΎयाउनुका साथै महासंघ सचिवालय लगायत सदस्य संघहरुको संस्थागत विकास एवं सचिवालयको सुदृढिकरण गर्दै सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधालाई चुस्त र दुरुस्त बनाउंदै लगि क्रमशः अन्तर्राष्ट्रिय गुणस्तरीय व्यवस्थापन प्रणाली (ISO) प्रमाणपत्र ग्रहण गर्ने/गराउने कार्यक्रम रहेको सर्न्दर्भमा सो संघ उक्त प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा महासंघलाई गौरवको अनुभव भएको छ ।
यस अवसरमा महासंघ सो संघ प्रति हार्दिक बधाई ज्ञापन गर्नुका साथै अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली सम्बन्धी प्रमाणपत्र लिई सकेपछि त्यसका नियमहरुलाई पूर्ण रुपमा पालन गरी सो प्रमाणपत्रलाई कायम राख्दै सबै प्रकारले संघलाई अझ प्रभावकारी एवं सशक्त संस्थाको रुपमा अझ अघि बढ्न यो प्रमाणपत्र प्रोत्साहनदायी हुने विश्वास सहित संघको उत्तरोत्तर प्रगति एवं सफलताको लागि हार्दिक शुभ-कामना व्यक्त गर्दछु ।