नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक मेघनाथ न्यौपाने श्रीलंकाको राजधानी कोलम्वोमा यही असोज ३० देखि कार्तिक १ गतेसम्म आयोजना हुने दक्षिण एशियाली एकीकृत अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका (The Role of Private Sector in South Asian Economic Integration) विषयक बैठकमा भाग लिन आज त्यसतर्फप्रस्थान गर्नुभयो ।
बैठक भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce & Industry-FICCI) द्वारा एशियाली विकास बैंक (Asian Development Bank) को सहयोगमा आयोजना हुन लागेको हो ।
र्सार्क राष्ट्रहरु बीच एकिकृत आर्थिक विकास, यसका अवसर तथा अवरोधहरुको पहिचान गर्ने, एकिकृत आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सशक्त पार्ने तथा वहूपक्षिय व्यापार प्रणालीमा जांदा निजी क्षेत्रका लागि अवसरहरुको खोजी गर्ने मुख्य उद्देश्य रहेको उक्त बैठकमा एशियाली विकास बैकका पदाधिकारी, र्सार्क राष्ट्रका उद्योग वाणिज्य महासंघ/संघहरुका पदाधिकारी एवं प्रतिनिधिहरुले दक्षिण एशियाली एकिकृत अर्थतन्त्र, वहुपक्षिय तथा क्षेत्रीय व्यापार प्रणालीमा निजी क्षेत्रले प्राप्त गर्ने अवसर तथा अवरोधहरु, निजी क्षेत्रको सुदृढीकरण लगायतका विषयमा व्यापक छलफल हुने कार्यक्रम छ ।
सो कार्यक्रममा महासंघका महानिर्देशक न्यौपानेले पनि सम्बन्धित विषयमा महासंघका तर्फाबाट कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।